इलाम / स्थानीय निकायको निर्वाचन नजिकिएसगैँ नेकपा एमालेले उम्मेद्वार चयनको करिव टुङ्गो लगाइसकेको छ । इलाम नगरपालिकाको मेयरका लागि नेकपा एमालेका जिल्ला सचिव महेश बस्नेतको नाम सर्वसम्मतले चयन भएको छ ।

यस्तै माईजोगमाई गाँउपालिकामा अध्यक्षको लागि जित बहादुर राई,याम अधिकारी र शिखरनाथ सापकोटाको नाम सिफारिस गरिएको छ । वैशाख चार गतेबाट इलाम नगरपालिकाका सबैजसो वडाहरुमा नेकपा एमालेका तर्फबाट सर्वसम्मतमै अध्यक्ष,उपाध्यक्ष तथा सदस्यको टुङ्गो लाउन आतुर रहेको थियो । भने नेपाली काङग्रेस,माओवादी केन्द्र,राप्रपा नेपाल लगायतले उम्मेद्वार छान्ने प्रक्रिया तिव्र बनाएको छ । जिल्लाका दशवटा स्थानीय निकायको छ वटा गाँउपालिका तथा नगरपालिकाका ८१ वटा वडामा उम्मेद्वार छान्ने काम भइरहेको नेकपा एमाले जिल्ला कमिटिले जनाएको छ । वैशाख चार गतेबाट वडाहरुमा उम्मेद्वार छान्ने काम हुदैँ आएको र सबैजसो वडाहरुमा सर्वसम्मत नै उम्मेद्वार चयन भएको कमिटिले जनाएको छ । स्थानीय तहको नगरपालिका तथा गाउँपालिकाका उम्मेद्वार चयन भए पनि पूरा विवरण आइसकेको छैन । सहमति नभएका वडाहरुको नामावली सिफारिस गरि वैशाख सात गते भित्रमा टुङगो लाउने नेकपा एमालेका सचिवालय सदस्य नवराज शकंरले बताए । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका मेयर तथा उपमेयरको भने उम्मेद्वारको टुङ्गो पार्टी प्रदेश कमिटिले लगाउने छ । इनपा १ सिफारिस भएका छन् वार्ड नम्बर २ मा ३ मा पृथसिङ सुनुवार,४ मा श्यामकमल मुखिया,वडा नं ५ मा ठाकुर श्रेष्ठ, ६ मा पदम भट्टराई,माधव भट्टराई,विरेन्द्र जोशी र सकुन्तला दाहाल रहेका छन् । त्यस्तै वडा नं ७ मा सुमन श्रेष्ठ र युवराज लिम्बु रहेका छन् । वडा नं ८ मा को अध्यक्षमा अम्बिका गौतम १० रोमबहादुर मगर, ११ मा नरबहादुर मगर लगायतको नाम सिफारिस भएको छ ।