धरान /प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ महानगरपालीकाको मेयर आफैलाई उठौ उठौ जस्तो लागेको बताएका छन् ।
मङगलबार माओबादी केन्द्रको प्रदेश नम्मर ३को बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना स्थाई समिती सदस्यलाईपनि वडाध्यक्षको भएपनि चुनाब लट्न आग्रह गरेका छन् । उपस्थित कार्यकर्ता तथा नेतालाई हौस्याउदै भने स्थानिय सरकारको निर्बाचन हुन गईरहेको छ, स्थानिय सरकारको अधिकारहरु हेर्दा आफैलाई काठमाण्डौको मेयर उठौ उठौ जस्तो भएको बताए ।
‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो’ उनले भने, वडा अध्यक्ष जित्ने हो भने लिटब्यूरो सदस्यहरु गए हुन्छ । उनले भने ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मेयरमा आफैं चुनाव लड्छु भनेका होइन । पार्टी नेताहरुलाई स्थानीय सरकारको महत्व बुझाउन र हौसाउन काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाएका मात्र हुन् ।