चतरा/स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस बराह नगरपालिकाले निर्वाचन केन्द्रीत अभियानलाई तिब्रता दिएको छ । सोमबार बराह नगरपालिका–२ बुद्धचौकमा टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । टोल भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनपछि यहाँका स्थानीय बासिन्दाहरुको जिवनस्तर फेरिने र बिकासमा आमुल परिवर्तन आउने दाबी गरेका छन् । कार्यक्रममा बोल्दै वडा–२ का अध्यक्ष उम्मेदवारी हरिकृष्ण भट्टराईले निम्न आयस्तर भएका परिवारहरुका लागि अब सम्मानपूर्वक जीवनयापन गर्न पाउने गरी योजनाहरु तयारमा ल्याइएको बताए । अबको हाम्रो जित निश्चित छ यसर्थ सबैले समान हैसियतले जीवन जिउन पाउने धारणा व्यक्त गरे । टोल भेलाका क्रममा ३२ जना एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका पार्टी अध्यक्ष नारायण नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नव प्रवेशिहरूलाई अध्यक्ष नेपाल र वडा २ का अध्यक्ष दाबेदार भट्टराईले अविर लगाएर सवागत गरेका थिए । वडा नं २ बाट सदस्यहरूमा टेकबहादुर राई, लालबहादुर तामाङ, रमिला खड्का र इन्दिरा दर्जीको नामावली सर्वसम्मतिले सार्वजनिक गरिसकेको सल्लाहकार समितिका संयोजक ओमकुमार शर्माले बताए । वडा १ बाट अध्यक्षमा सुरेश श्रेष्ठ र सदस्यहरूमा लोकबहादुर दाहाल, ज्ञानु दर्जी, शुशिला शेर्पा, भुपालमान राई रहेका छन् ।