चतरा/स्थानीय निर्वाचन नजिकिदै गर्दा नेकपा माओबादि केन्द्रले जनताको अधिकार जनतालाई दिन चाहेको केन्द्रीय सदस्य पुष्प ढुङ्गानाले बताएका छन् ।

केन्द्र बराहक्षेत्र नगरपालिका वडा एक को सम्भाबित तथा प्रस्तावित उम्मेदवारहरूको नामावली कार्यक्रमका क्रममा ढुङ्गानाले उक्त कुरा बताएका हुन् । नेपालको इतिहासमै पहिलोचोटि केन्द्रको तर्फबाटै स्थानीय निकायाको चुनावको घोषणा गरेको बताउदै काङ्ग्रेस एमालेले चुनाव नचाहेको समेत उनले बताए ।
उनले भने, ‘ओलि नेत्रित्वको सरकार थियो त्यो सरकारले स्थानीय चुनाव गर्न असफल भयो ,त्यो भन्दा अगाडिका सरकारहरू पनि चुनाव गर्न असफल नै भएका हुन् । अहिले केन्द्रका अध्यक्ष प्रचण्डको सरकारले आखिरिमा मिति तय गरेरै छाडे र हुन्छ पनि,यसर्थ पनि माओबादि मात्रै निर्वाचन चाहान्छ ।’
‘स्पष्ट छ माओबादी मात्रै वास्तव मा जनताको अधिकार जनतालाई नैदिन चाहान्छ,इतिहासमा पुष्टि भएको छ’, उनले थपे । माओबादिको ठूलो त्याग ,तपस्या र बलिदान ले मात्र स्थानीय निकायको चुनाव हुनलागेको कार्यक्रममा वक्ताहरूले बताए।नेकपा एमाले जो अहिले ठूलाठूला राष्ट्रियता को कुरा गरिरहेकोछ तर एमाले कहिले चुनावको पक्षमा छैन,साविक बराहक्षेत्र पार्टी का अध्यक्ष तुलसी पाण्डे ( दिपक) ले मन्तव्य को क्रममा भने ।
अहिलेको संविधान भनेको यो आम जनताको अधिकार सुनिश्चित गर्ने संविधान हो, माओबादिका १० हजार भन्दा बढि नेताहरूको रगतबाट लेखिएको संविधान हो, यसर्थ संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि आम किसान, मजदुर, गरिव, दलित, सुकुम्बासीहरूको हक अधिकारलाई संविधान सुनिश्चित गर्ने एउटा अधिकार पनि अहिले माओबादिको काँधमा आएको इन्चार्ज ढुङ्गानाले बताएका हुन । उनले थपे, ‘यसकारण माओबादी कुनै पनि हालतमा चुनाव गर्न चाहान्छ अनि त्यो दिशामा छ ।’
दुई दशकपछि चुनावि माहोल
दुई दशक पछि को चुनावि माहोल र सरगर्मि बदिरहेको बेला निर्वाचन का लागि बराह नगरपालिका को हकमा अन्य पार्टी भन्दा अहिले पहिलो पल्ट नेकपा माअोवादि केन्द्र ले वडा नं१ का उम्मेदवार हरूको नामवली घोषणा गरेको छ ।
नेकपा माअोवादि केन्द्र मा पनि देशव्यापी चुनावि मैदानमा उत्रिएको र चुनावि प्रतिस्पर्धी मा अोर्लिरहेको बखत वराह नगरपालिका को वडा नं १ मा भने सर्वसम्मत भएपछि पार्टीको योजना अनुसार नामावली घोषणा गरेको हो।
सर्वसम्मत मा अाएपछि प्रमुख अतिथि तथा इन्चार्ज ढुङ्गानाले उम्मेदवारहरू अध्यक्ष मा तुलसि पाण्डे ( दिपक), सदस्य हरूमा प्रकाश किराती ,रन्जित लोहनी,दुई महिलाहरूमा १ दलित गंगामाया नेपाली र समिक्षा राईको उम्मेदवारी नामावली घोषणा गरेका हुन्।
वराहनगरपालिका वडा नं १ पार्टी अध्यक्ष प्रकाश किराँतीको सभापतित्वमा अतिथि हरूमा साविक बराहक्षेत्र पार्टीका जन्मदाता पुर्षोतम ढुङ्गेल ,संस्थापक सदस्य ध्रुव लाल श्रेष्ठ ,पार्टीका केन्द्रीय सदस्य लंकमान विक, पार्टीका जिल्ला सदस्य तथा पुर्व गाउँ कमिति सदस्य राम बहादुर श्रेष्ठ ,अखिल नेपाल कमिति क्रान्तिकारी अध्यक्ष बुद्दमाया तुम्बहाम्फे, १ नं संगठन अन्तर्गत पार्टी सदस्य लोकधन राई को उपस्थिति मा उम्मेदवारी नामावली कार्यक्रम सम्पन्न भएको थियो । रेवत राई निर्वाचन परिचालन समिति वराह नगरपालिका वडा नं १ का संयोजकत्वमा निमेष किरातिले कार्यक्रम सञ्चालन गरेका थिए।