धनकुटा/संविधान सभाको निर्वाचनमा ७६ प्रतिशत मत खसेको धनकुटामा पाँच प्रतिशतभन्दा बढी त बदर नै भएको थियो । उक्त तथ्यांकलाई मध्यनजर गर्दै यस निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागि गराउन र मत बदर हुन नदिन निर्वाचन कार्यालय जुटेको छ । २०७० सालको संबिधान सभाको निर्बाचनमा धनकुटामा रहेको कुल ८२ हजार ६ सय ३२ मतदाता मध्ये ७६ प्रतिसत मात्र मत खस्दा ५ प्रतिशत भन्दा बढि मत बदर भएको थियो । फरक फरक मत पत्रवाट एक ब्यक्ति र एक पार्टी छान्दा ५ प्रतिशत भन्दा बढी मत बदर हुनु र २४ प्रतिशत मतनै नसख्नुलाई निर्बाचन कार्यालयले यो चुनावमा प्रथमिकतामा राखेर कार्य अगाडी बढाएको छ । ७० सालमा नसकेको मतलाई पनि यो निर्बाचनमा खसाल्नु र बदर मतको प्रतिशत अझ कम गर्नु नै मुख्य लक्ष्य रहेको निर्वाचन कार्यालय धनकुटाका प्रमुख प्रदिप कुमार साहले जानकारी दिए । अघिल्लो संबिधानसभाको निर्वाचनमा फरक फरक मत पत्रवाट एक ब्यक्ति र एक पार्टी छान्न पाइने भएपनि यो निर्बाचनमा भने एक मत पत्रवाट जिल्लामा अस्तित्वमा रहेका १६ राजनैतिक दल र स्वतन्त्रका गरी दर्जनौ प्रतिनिधि मध्येबाट सात प्रतिनिधि मात्र छान्नु पर्नेछ । जसले गर्दा पनि मतदाता प्रतिनिधि छान्न धेरै समस्या पर्ने स्थानीय रिता राई बताउँछिन् । सोही लक्ष्य अनुरुप कार्यालयले मतदाता शिक्षा स्वयमंसेवक खटाई मतदाता शिक्षाको कार्यक्रम समेत सुरु गरेको छ । आफूहरुले निर्वाचनको बारेमा जानकारी, दलित, महिलाको कोटा, त्यसमा लाग्ने दस्तुर, भोट दिने प्रक्रियालगायतको बारेमा शिक्षा दिइरहेको मतदाता शिक्षा स्वयमसेवक रेनु पौडेल बताउँछिन् । यता मतदाता शिक्षा पाएका सर्बसाधारण पनि सो शिक्षाले आफुले नबुझेको कुरा बुझनलाई धरै सहयोग गरेको बताउंछन् ।