विराटनगर/ स्थानीय निकाय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लप’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले विराटनगरमा मंगलबार जनजागरण एवं भण्डाफोर सभा गरेको छ ।
सभामा पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्यूरो सदस्य पदम राई, केन्द्रीय सदस्य एवं कोसी ब्यूरो इन्चार्ज राजेन्द्र कार्कीलगायतले सम्बोधन गरेका थिए।
सभाका वक्ताहरुले स्थानीय निकाय निर्वाचन र संसदीय व्यवस्था खारेज हुनु पर्ने एवं वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु पर्ने आफ्नो पार्टीको माग रहेको बताए ।