शनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा स्थानीय निकाय निर्वाचनका लािग नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नयाँशक्ति पार्टीले नगर प्रमुखको उम्मेदवार तय गरेको छ । जसअन्र्तगत कांग्रेसको २ नम्बर क्षेत्रीय समिति वैठकले क्षेत्रीय सभापति गणेश खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्कासाथै प्रमुखका आकांक्षी माधव कोइराला, पथरीशनिश्चरे नगरविकास समिति अध्यक्ष पर्शुराम कार्की र हसन्दहका सक्रिय अगुवा महासमिति सदस्य बद्रि निरौलाबीच सहमति भएको पार्टीले जनाएको छ । उपप्रमुख तथा वडा वडामा वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार भनें टुंगो लागि सकेको छैन । उपप्रमुखमा चन्द्रकला चेम्जोङ, विमला राई, कविता पराजुली र रमा दहालबीच सहमति हुन सकेको छैन । पथरी बजारमा पर्ने वडानम्बर १ को वडाध्यक्षमा कुलबहादुर गुरुङ, प्रतित सुब्बा, प्रदिप पराजुली र विक्रम लिम्बु आकांक्षी बनेका छन् । वडा नम्बर २ मा राजकुमार गुरुङ, ४ मा वडाध्यक्षमा मानबहादुर गुरुङ, ७ मा मणि ताम्लिङ, ८ मा बाबुराम दहाल, ९ मा वीरबहादुर राई, १० मा सागर राई वडाध्यक्षको उम्मेदवारका रुपमा टुंगो लागेको नगर सचिव दुर्गाप्रसाद भट्टराईले जनाएका छन् । उता, माओवादी केन्द्रबाट भनें शनिश्चरे गाविस हुँदाका उपाध्यक्ष जहरमान लिम्बू र उपप्रमुखमा यशोदा गौतमको नाम टुंगो लागेको पार्टीले जनाएको छ । नयाँशक्ति पार्टीबाट नगर प्रमुखमा देवराज भण्डारीको नाम तय भएको छ । दोस्रो ठूलो दल तथा पछिल्लो संविधानसभा निर्वाचनमा यस भेगको २ नम्बर क्षेत्रमा जित हाँसिल गरेको एमाले पक्षले पनि नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छैन । उसले प्रमुखमा किशोर राई, मोहन तुम्वापो, मोहन न्यौपाने, युवराज वास्कोटा, देवीप्रसाद प्रसाई, अर्जुन बुढाथोकी, पर्शुराम कटुवाल, लेखनाथ खनाल र कृणकुमारी राई गरी ९ जनाको नाम जिल्लामा पठाएको छ । उपप्रमुखमा देवीमाया काफ्ले, कृष्णकुमारी विक, यमुना विष्ट, अम्बिका भट्टराई, सरस्वती चौधरी, दुर्गादेवी दंगाल र टंक भण्डारीको नाम जिल्ला कमिटीमा पठाइएको नगर अध्यक्ष रमेश दहालले जनाए । उम्मेदवार टुगों लाग्न नसकेका वडाका नामहरु समेत जिल्लामै पठाइएको छ । १ नम्वर वडामा वडाध्यक्षमा भीमकुमार राईका साथै बाबुराम एङ्देन, धनकुमार तामाङ, सुरेश कार्की र बौद्धबहादुर कार्कीको नाम पठाइएको छ । महिला वडा सदस्यमा रुद्रकुमारी गिरी, राधिका चाम्लिङ, रोमान्सी धिमाल तथा दलित महिला सदस्यमा इन्दिरा सुन्दास रहेका छन् । खुला सदस्यमा, धनप्रसाद साँवा, दुर्गाप्रसाद सिटौला, सञ्जीव गिरी, ओमप्रकाश लिम्बू, प्रेमकुमार पराजुली र विश्वनाथ अधिकारी उम्मेदवारको आकांक्षी रहेका छन् । २ नम्बर वडामा वडाध्यक्षमा घनश्याम भट्टराई, भवानी तिम्सिना, यामप्रसाद गुरागाई र रत्नबहादुर बस्नेतबीच सहमति हुन सकेन । त्यहाँको महिला सदस्यमा अरुणा राई, खुलामा विक्की राई, पर्शुराम न्यौपाने र दलित महिला सदस्यमा सीता भुसालको नाम चयन भएको छ । वडा नम्बर ३ को वडाध्यक्षमा डम्बर चेम्जोङ, सदस्यमा देवी घिमिरे, गिरिराज पोखरेल, महिला सदस्यमा माया गुरुङ, दलित महिला सदस्यमा फूलमाया परियारको उम्मेदवारी टुंगो लागेको छ । त्यस्तै, वडा नं. ४ को अध्यक्षमा डिकबहादुर बस्नेत, महिला सदस्यमा फुलमाया तामाङ, दलित महिला सदस्यमा मिना विश्वकर्मा, खुला सदस्यमा नरबहादुर राई र कृष्णप्रसाद घिमिरे उम्मेदवारका रुपमा निश्चित बनेका छन् । ५ मा नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्ष महेन्द्र विष्ट उम्मेदवार छानिएका छन् । सदस्यमा देवीप्रसाद पोखरेल, भीम धिमाल, महिला सदस्यमा आकृति खतिवडा र दलित महिला सदस्यमा रेणुका ऋषिदेव चुनिएका छन् । ६ मा वडाध्यक्षमा पदम धिमाल, तथा २ सदस्यका लागि जीवन राई, वम खत्री र राजेन्द्र श्रेष्ठ, महिला सदस्यमा मिश्रादेवी तामाङ र दलित महिला सदस्यमा सुजता विश्वकर्माको नाम तय गरिएको छ । ७ मा वडाध्यक्षमा कपिल ढकाल, भवानी वराल र दिलकुमार मुखियाको नाम पठाइएको छ भनें महिला सदस्य मैनाकुमारी राई, कुमारी रोक्का दलित, विरोज मगर, काशीराज राईको उम्मेदवारी टुंगो लागेको छ । वडा नम्बर ८ मा वडाध्यक्षमा प्रकाश कार्की, सदस्यमा फूलाराम चौधरी, बमबहादुर माझी, मैया राई र इन्दिरा विकको उम्मेदवारको सूचिमा रहेको छ । ९ नम्बर वडाको जनप्रतिनिधिहरुको उम्मेदवारमा वडाध्यक्षमा भानु राई, सदस्यमा नगेन्द्र धिमाल, मदन अधिकारी, महिला सदस्यमा इन्द्रावती गुरुङ र दलित सदस्यमा निर्मला विश्वकर्मा सर्वसहमत चयन भएका छन् । वडा नम्बर १० को वडाध्यक्षमा प्रेम पोमु, सदस्यमा अनोज घिमिरे, ओम उप्रेती, महिला सदस्यमा मैनादेवी फुयाँल आचार्य र दलित महिला सदस्यमा मनकुमारी विक चुनिएका छन् । एमालेकातर्फबाट पथरी गाविस अध्यक्ष भइसकेका तिलक बान्तावा, नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमको राजनीतिपछि स्वतन्त्र रहनु भएकी हेमा ढुंगाना र पत्रकार विजय खम्बु नगर प्रमुखको स्वतन्त्र उम्मेदवारका रुपमा आफुलाई घोषणा गर्दै आएका छन् । राप्रपाबाट नगर प्रमुखमा उर्मिला आचार्य र सुमन कार्की, उपप्रमुखमा भरतप्रसाद पोखरेल, कमल नेपाल र कृष्णप्रसाद घिमिरे आकांक्षी देखिएका छन् । वडाको उम्मेदवार भनें टुंगो लागेको छ । वडा नम्बर १ को वडाध्यक्षमा ज्ञानेन्द्र भट्टराई, २ मा केदार घिमिरे, ३ मा जयनारायण ढुंगेल, ४ मा रुद्र कटुवाल, ६ मा दिपेन्द्र कार्की, ७ मा लोकनाथ दहाल, ८ मा दानबहादुर वस्नेत, ९ मा पुष्पबहादुर चौहान र १० मा जीवन कटुवाल उम्मेदवार बनेका छन् ।