विजयपुर/नेपाली काङग्रेशका नेता डाक्टर शेखर कोइरालाले बैशाख ३१ मै चुनाब गर्नु पर्ने बताएका छन् ।
सबै दलहरुले निर्बाचन सम्पन्न गर्न आ आफ्नो हठ त्याग्नु पर्ने उनको भनाई थियो ।एमालेले राष्ट्रबादको हौवा दिएर देश बिखण्डन गर्न लागेको बताए ।
नेपाली काङग्रेशको युवा संगठन नेपाल तरुण दलको क्षेत्रीय समिती र नगर समितीले धरानको भानुचौकमा सयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्दै उनले देशको बिकाशकालागि स्थानियतहको निर्बाचन अपरिहार्य रहेको भन्दै निर्बाचन बिथोल्न बिभिन्न शक्तिहरुलागि परेको बताए ।
कार्यक्रममा काङग्रेशका केन्द्रिय सदस्य गुरुराज घिमिरे,मिन बिक,तरुणदलका केन्द्रिय अध्यक्ष बिक्रम बस्नेत,उपाध्यक्ष उत्तम चापागाई,तथा स्थानि नेताहरु चन्द्रप्रसाद श्रेष्ठ,सिजन गुरुङ,बिकाश केसी लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरि नेपाली काङग्रेशमा प्रबेश गरेका युवाहरुलाई स्वागतपनि गरेका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि मोटरसाइकल ¥याली निकालेको थियो ।