काठमाडौँ / प्रेमीको हत्या आरोपमा प्रेमिकासहित तीनजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । भक्तपुर कोलाछेका २७ वर्षीय रतन्सुन्दर छिङगुतलाको हत्या आरोपमा प्रेमिका रेणुका सुवालसहित तीनजना विरुद्ध प्रहरीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।
गत २९ फागुनमा छिङगुतलाको भक्तपुर दरबार स्क्वायरमा कुटपिटबाट हत्या भएको थियो । प्रहरीले भोलिपल्टै प्रेमिका सुवाललाई पक्राउ गरेको थियो । हत्यामा संलग्न भएको अभियोगमा अन्य दुई युवक मनोज कपाली र किशोर दुवालविरुद्धसमेत प्रहरीले मुद्दा दायर गरेको छ । तर, हत्याको कारण र प्रेमिकाको भूमिका भने खुलेको छैन ।