चितवन / तेस्रो शून्य चोरी शिकारी वर्ष मनाउन २६ दिन बाँकी रहेको बेला सिकारीले आधुनिक हतियार प्रयोग गरी उही ठाउँ र उस्तै शैलीमा दुर्लभ एक सिंगे गैडा मारिएकाे छ । चितवन राििष्ट्रय निकुञ्ज अन्तर्गत बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक बन क्षेत्रको ध्रुवघाटनजिक शुक्रबार राती गोली हानी बयस्क भाले भैंडा मारिएको हो । पोस्टमार्टमको क्रममा गैडाको घाँटीमा थ्रीनट थ्री राइफलको गोली भेटिएको छ । खाग र पुच्छर सिकारीले लगेका छन् । यही स्थानमा उस्तै शैलीमा २०७१ बैशाख १९ मा पनि गैंडा मारिएको थियो ।