चौथो एल्बम्को तयारी कसरी गरिरहनुभएको छ ?

चौथो एल्बम्मा भन्ने हो भने मैले समय राम्रोसँगले दिन सकेको छैन । अहिले अरु साथीहरुको नयाँ एल्बम्को लागि समय दिइरहनु पर्ने भएकोले । अब चाँडै नै समय मिलाएर बाँकी रहेको काम सक्ने जमर्कोमा छु ।

चौथो एल्बम्मा कतिवटा गीत समावेश गर्नुभएको छ ?

मेरो सोचाइमा जतिसक्दो धेरै नै गीतहरु राख्ने प्रयास रहन्छ । किनभने एउटा एल्बम् किन्नेले कम से कम त्यस एल्बम्बाट धेरै मजा लिन सक्नुहोस् भन्ने लाग्छ । यस एल्बम्मा मेलै तिम्रै यादमा, सधै तिमी मुस्कुराउनु लगायतका कम्तिमा पाँचवटा धेरैमा ६ वटा गीत अटाउने तयारीमा छु ।

चौथो एल्बम् बजारमा ल्याउने तयारीमा हुनुहुन्छ तर पनि सोचेजस्तो अगाडि आउन सक्नुभएको छैन कि ?

गीतहरु राम्रै बजारमा ल्याउने प्रयास छ रहन्छ । सुन्ने श्रोताहरुको प्रतिकृया पनि राम्रै छ । तर पनि क्षेत्रगत रुपमा मात्र गीतको प्रचार भैरहेको छ । कहीँकतै प्रचार–प्रसारमै म चुकिरहेको छु कि ।

एउटा गीतको म्युजिक भिडियोले विवादमा मुछिनुभएको थियो कुरा के हो ?

गीत मेरो म्युजिक भिडियोमा चाहिँ मोडल पल साह र मेरो संयुक्त लगानी थियो । त्यसको निर्देशन शिशिर कोइरालाले गरेका थिए तर त्यस गीत बजारमा आउनु पहिलेनै निर्देशकको गद्दारीले गर्दा ल्याउन सकिएन । धेरै विवादहरु भए निर्देशक कोइराला भूमिगत भएकोले अप्ठ्यारोमा परियो । कामगर्दै जाँदा यस्ता मानिसबाट बचेर काम गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको छु ।

पछिल्लो समय पूर्वाञ्चल भ्रमण कहिले गर्नुभएको थियो ?

गत फागुन ३ गते प्रेमदिवसमा पूर्वाञ्चलमा सांगीतिक प्रस्तुतिका लागि आएको थिए ।

कुन गीतले मेनुका राईलाई गायिकाको रुपमा स्थापित गरायो ?

माया आरिसे, एक–दुई–तीन मेरो पहिलो र दोस्रो एल्बम्को टाइटल सङहरुले नै हो ।

श्रीमान् राजनीतिमा तपाई संगीतमा दुवैको तालमेल कसरी मिलाउनु हुन्छ ?

हामी प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाजसँग जोडिएका छौं । फेरि विवाह पहिले नै यी यस्ता कुराको समझदारी भएकोले तालमेल मिलाउन गाह्रो छैन ।

संगीतक्षेत्रमा रहिरहन कुन कुराले प्रोत्साहन गर्यो ?

मायाले, गीत संगीतलाई मायाको आवश्यकता छ । कलाकारलाई समान व्यवहारको आवश्यकता छ । विशेष गरी संघ–संस्थाले सबै कलाकारलाई समान अवसर दिने हो भने पिछडिएका कलाकारलाई प्रोत्साहन मिल्थ्यो ।