मोरङ/ प्रहरीले रङ्गेली नगरपालिका–९ तित्री टोल बस्ने २६ वर्षीय दीपेन्द्रकुमार साहलाई १० किलो ४ सय ग्राम अवैध चाँदीका तयारी गरगहनासहित पक्राउ गरेको छ । सोही टोलस्थित रङ्गेली–तित्री भित्री सडकखण्डमा पूर्वबाट दक्षिणतर्पm जाँदै गरेको मे. ७ प ६७४ नम्बरको मोटरसाइकललाई रङ्गेली इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्ने क्रममा बिहीबार चालक दीपेन्द्रकुमारको झोलामा उक्त अवैध चाँदीका गरगहनाहरू फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।