धरान/ निर्माणाधिन अवस्थामा रहेको नारायणघट सडक खण्डमा आज सुख्खा पहिरो जादा केही सवारी साधनहरु पुरिएका छन् ।

[caption id="attachment_38488" align="alignleft" width="450"] File photo[/caption]

नारायणघाट सडक खण्डको घुमाउने ठाउमा पहिरो जादा ट्यान्कर, ट्रक, मिनीटाटा, कार र केही मोटरसाइकल पुरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिनबाट ११ किलोमिटर टाढा घुमाउनेमा बिहान पौने ११ बजे सुख्खा पहिरो खसेको थियो ।

जसमा दुईजनालाई तत्कालै उद्दार गरेर अस्पताल पठाएको घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पहिरोमा कति सवारी र मानिस पुरिएका छन् भन्ने यकीन भइनसकेको उनले जानकारी दिए । पहिरो हाल खस्न बन्द भइसकेको छ ।