भद्रपुर/धर्मशालाका चौकीदारको मिलोमतोमा यौनधन्दा चलाउने गरेको पाइएको छ झापाको भद्रपुरस्थित मोहपाल धर्मशालावाट प्रहरीले छापा मारेपछी यौनधन्दा चलाउने गरेको घटना बाहिर आएको हो ।
धर्मशालामा कार्यरत भद्रपुर ५ का अन्दाजी ४० वर्षीय चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा धन्दा चलाउदै आएकोे प्रहरीले यौनकर्मीलाई नियन्त्रणमा लिएपछि पुष्टि भएको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको असई चित्रबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले शुक्रवार राती धर्मशालामा छापा मारेर स्थानीय एक १७ वर्षीय युवतीलाई नियन्त्रणमा लिएपछि घट्ना सार्वजानिक भएको होे ।
धर्मशालामा कोठा भाडा लिएका भद्रपुरका केही युवाले युवती लगेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए ।
धर्मशालाको मूल ढोकालाई चौकीदार राजवंशीले खोल्न नमानेपछि प्रहरीले पर्खाल नघारेर छापा मारेको थियो । प्रहरी ढोकामा आएको सूचना पाएपछि युवतीसँग रहेको तीन जना युवक माग्न सफल भएको प्रहरीले जनाएको छ ।प्रहरीले युवतीलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो ।
प्रहरी स्रोतका अनुसार युवतीलाई एक हजार दिने सर्तमा भद्रपुरका रोशन कामतीले धर्मशालामा लगेका थिए । रोशनले उनको साथीद्धय राजिव कामती र पिकी कामतीलाई पनि बोलाएका थिए ।
उनीहरू तीनै जना युवतीसँग रहेको युवतीले प्रहरीलाई बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले तीनै जना युवकलाई पक्राउ गर्न शनिवार बिहान उनीहरूको घर पुगेपनि कोही फेला नपरेको र तीन जना भारत भागिसकेको प्रहरीले आशंका गरेको छ ।
नियन्त्रणमा लिएका युवती र चौकीदार राजवंशीलाई आवश्यक अनुसन्धानका लागि वडाले जिल्ला प्रहरी कार्यालय पठाएको छ । प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले घटनाको अनुसन्धान भइरहेको र फरार युवकहरुको खोजी भइरहेको बताए ।
होटेल तथा लज भन्दा धर्मशाला सुरक्षित स्थान भएकोले युवा समूहले युवतीहरुलाई धर्मशालामा लगेर यस्तो काम यसअघि पनि गर्दै आइरहेको स्थानीयबासीको भनाई छ ।