विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीलाई बिभिन्न बाहानामा ठगि गर्नेहरु बढ्न थालेका छन् ।प्रतिष्ठानलेपनि बिचौलियाहरुलाई कारबाही गर्ने गरि एक्सन टिम बनाउने भएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्ष तथा वार्डमा भर्ना भएका बिरामीहरुलाई आफु सहयोगी तथा अस्पतालको स्वेमसेवक भएको बताउदै औषधि तथा उपचारमा सहयोग गर्ने बाहानामा बिचौलियाहरु बढेको भन्दै त्यस बिरुद्ध निगरानी बढाएको प्रतिष्ठानका डेपुटि डाईरेक्टर पशुपती चौधरीले बताए ।

प्रतिष्ठानको गेट बाहिर औषधि पसल सञ्चालन गर्नेहरुले दलालहरु पठाएर बिरामीहरुलाई ठग्ने गरेको धेरै जनगुनासो आएपनि आफुहरु एक्सनमा गएको उनले बताए ।खासगरि औषधी र ल्याब टेष्टहरुमा दलालहरुले बिरामीलाई मोटो रकम ठग्ने गरेको बिषयमा प्रतिष्ठानमा आएका बिरामी तथा सञ्चारमाध्यमहरुले आवाज उठाउदै आएका छन् ।

‘अहिले हामी बिचौलियाहरुप्रति निगरानी बढाईरहेका छौ ’अस्पताल निर्देशकको समेत जिम्मेवारी सम्हाली रहेका डा. चौधरीले भने‘ बिचौलियाहरुलाई कारबाहीको दायरामा ल्याउन हामी प्रहरी प्रशासनसँगपनि सहकार्य गर्दै छौं ।उनले आकस्मिक कक्ष र वार्डमा बिरामीहरुमाथि हुने ठगि नियन्त्रण गर्न ‘एक्सन’ कमिटीनै बनाईने बताए ।

बिचौलियाका रुपमा प्रतिष्ठान भित्रका केहि कर्मचारी,सेक्युरीटी गार्ड तथा औषधि पसलेले खटाएका दलाल तथा केहि समाजसेवीहरु सक्रिय रहेको भन्दै उनीहरु बिरुद्ध निगरानी बढाइएको चौधरीले बताए । केहि दिन अघि प्रसुती रोग बिभागमा बिरामीलाई जर्बजस्ती औषधि किनाउन खोज्ने दुईजना सेक्युरीटी गार्डहरुको ड्युटी त्यस ठाँउबाट हटाइएको जानकारी दिदै उनले बिरामीलाई असल नियतले सहयोग नगर्ने र कमिसनका लागि जर्बजस्ती अफन्त वा सहयोगी बनेर औषधि पसलेकालागी बार्गेनिङ गर्नेहरुलाई कुनैपनि हालतमा कारबाही गर्ने बताए ।

इमेरजेन्सीबाट बिराटनगरका केहि अस्पतालहरुसँग कमिसन लिएर बिरामी रेफर गर्ने समेत गुनासो आएकाले अब बिरामी रेफर गर्दा अनिबार्य बिभागिय पूमुखको स्वीकृती लिनु पर्ने र रिफर गर्नु पर्ने कारण स्पस्टसँग अभिलेखमा राख्ने ब्यबास्था मिलाउन लागिएको चौधरीले बताए । इमेरजेन्सी तथा वर्डामा नक्कली आफन्त बनेर औषधि बिकाउनेहरुलाई नियन्त्र गर्न बिरामीका आफन्तहरुका लागि टोकन प्रणाली लागु गर्ने समेत तयारी भएको निर्देशक चौधरीले जानकारी दिए ।

श्रोतका अनुसार प्रतिष्ठानको आकस्मिक कक्षको बैठकनै बसेर बिचौलियाहरुलाई रोक्ने बिषयमा निर्णय गरेको थियो ।बैठकको निर्णय अनुसार अब आकस्मिक कक्षमा आउने बिरामीहरुका आफन्तहरुर्लाइ अस्पताल र नियम सम्बन्धि पर्चाहरुनै बनाएर बितरण गरिने छ ।

यो कार्यमा हामी धरानबासि र सेवाग्राहीको पनि सहयोगको अपेक्षा गर्छाैं डा. चौधरीले भने ‘प्रतिष्ठानमा उपलब्ध सेवाहरु हामी सहजै रुपमा प्रदान गर्न तयार छौं ।

प्रतिष्ठानका नबनियुक्त उपकुलपती प्राडा राजकुमार रौनियारले इर्मजेन्सीको समस्याको बिषयमा आफु जानकार भएको बताउदै केहि दिन भित्रमा यसका लागि एक्सन लिने बताए । इर्मजेन्सिमा दलालहरु सक्रिय छन्,यसलाई कडाइका साथ हटाउन हामी तत्काल लागी पर्ने छौं ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले अस्पताल प्रशासनले आग्रह गरे कानुन बमोजिम गर्न मिल्ने सम्पुर्ण सहयोगहरु गरिने बताए । गैर कानुनी काम गर्ने जो कोहीलाई हामी कारबाही गछौं प्रतिष्ठानले थालेको अभियानमा हाम्रो सहयोग रहन्छ उनले भने ।