धरान/कोशी अञ्चलका ६ जिल्लालाई लक्षित गर्दै कोशी अञ्चल प्रहरी कार्यालय धरानको नेतृवमा ‘डेल्टा अप्रेसन’ सुरु भएको छ । [caption id="attachment_36562" align="alignnone" width="900"] भारीमात्रामा लागुऔषध पक्राउ परेका व्यक्तिसहित लागूऔषध सार्वजनिक गर्दै प्रहरी प्रमुखहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] यो अप्रेसनले ‘लागूऔषध, गुण्डागर्दी, स्मगलिङ’ लाई नियन्त्रण गर्ने छ । आइतबारबाट सुरु भएको अप्रेसनको लक्षित क्षेत्र कोशी अञ्चल भए पनि धरानलाई बढी प्राथमिकतामा राखेको छ । धरानमा लागूऔषध, गुण्डागर्दी, कट्टी आतंकलगायतका घटनाहरु हुने कारण पनि पहिलो प्राथमिकतामा धरान रहेको अञ्चल प्रमुख एसएसपी उत्तमकुमार कार्कीले बताए । धरान लागूऔषधको हव हो । जहाँबाट पूर्वी सहरहरुमा लागूऔषधको कारोबार हुने गरेको छ । सीमावर्ती जिल्लाहरुबाट भित्रिएको लागुऔषध विशेष गरी धरानमा आइपुग्ने र धरानबाट पहाडी जिल्लाहरुमा जाने प्रहरीको निश्कर्ष छ । त्यही निश्कर्षलाई मूर्त रुपमा दिनको लागि प्रहरीले डेल्टा अभियान थालेको हो । ‘यसै कारण पनि धरानलाई पहिलो प्राथमिकतामा राखेका हौं ।’ डेल्टा अप्रेसन बारे जानकारी दिदै एसएसपी कार्कीले भने । यो अप्रेशनले लागूऔषधलाई जसरी नियन्त्रण गर्दछ । त्यसरी नै गुण्डागर्दी र स्मगलिङलाई पनि नियन्त्रण गर्ने बताइएको छ । गुण्डागर्दी राजनीतिक आडमा होस् या अन्य । त्यसलाई अपराधको कोटामा राखेर हेरिने एसएसपी कार्कीको तर्क छ । ‘राजनीति होस् या अन्य म केही जान्दिन् । त्यसलाई अपराधको कोटामा राखेर कारबाही गर्छु । त्यसमा प्रहरी रहेछन् भने तिनीहरुलाई पनि विभागीय कारबाही गरेर अघि बढ्छौं ।’ एसएसपी कार्कीले संचारकर्मीको प्रश्नलाई सक्षिप्त उत्तर दिदै भने । पछिल्लो समय धरानमा अपराधिक कृयाकलाप तथा कट्टी आतङ्क फैलिरहेको छ । यसका लागि पहिलो पटक प्रहरीकै सक्रियतामा धरानको भानुचौकमा सार्वजनिक सुनुवाईसमेत गरेको छ । अपराधलाई न्युनिकरण गर्नको लागि कसरी जान सकिन्छ भनेर आम नागरिकस“ग प्रतिक्रिया लिने कार्यसमेत गरेको छ । अपराधलाई निर्मूल बनाउदै धरानलाई पूर्वको शान्तिनगरी बनाउने अभिप्राय प्रहरीको रहेको एसएसपी कार्कीले बताए । कोशी अञ्चलको मातहतमा झण्डै ४५ सय भन्दा बढी प्रहरी परिचालित छन् । ‘डेल्टा अप्रेसन’ मा छुट्टै बर्डीसमेत तयार गरिएको छ भने मातहतका प्रहरी कार्यालयका प्रमुखहरुले यसलाई सञ्चालन गर्ने छन् । यो अभियानलाई एसएसपी कार्कीले नेतृत्व गरे पनि मातहतका प्रहरी कार्यालयहरुले पनि यसलाई ‘अपरेट’ गर्ने छन् । जस अनुरुप अपराधी नियन्त्रण, कारबाही र अदालती प्रक्रियामा पु¥याउनेसम्मको कार्य गर्ने गर्दछ ।
डेल्टा अप्रेसनको पहिलो सफलता डेल्टा अप्रेसन सुरु भएको ५ दिन नबित्दै धरान–१५ पिण्डेश्वरी चोक भन्दा केही मुनीबाट करिव १० लाख मूल्य बराबरको लागूऔषधसहित एक कारोबारीलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले उक्त कारोबारीको नाम खुलाएको छैन् । २८ वर्षीय नविन गुरुङले सिधै भारतीय व्यापारीहरुमार्फत् लागूऔषध भित्रयाउने गरेको प्रारम्भिक बयान दिएको प्रहरी बताउछ । प्रहरीले उनले डेरा गरी बस्ने कोठाबाट २२ सय ५ एम्पुल डाइजेलाभ, एभिल र लुपिजेसिक साथमा बरामद गरेको छ । उनी तत्कालीन धरान–२२ (हालको धरान–५) मा स्थायी घर रहेको छ । यसको बजार मूल्य १० लाख पर्न आउने एसएसपी कार्की बताउछन् । धरान–१५ देउराली चोकमा डेरा गरी बस्ने ती व्यक्तिको साथबाट यो मात्रामा लागूऔषध पहिलो पटक फेला परेको धरान प्रहरीको दाबी छ ।
के हो डेल्टा ? डेल्टा प्रहरीको कोड भाषा हो । यो मार्फत् प्रहरीले लागूऔषध, गुण्डागर्दी र स्मगलिङ, अपरहरण, लुटपाटलगायतलाई नियन्त्रण गर्दछ । कोशी अञ्चलका ६ जिल्लामा यो अप्रेसनले काम गर्छ । जहाँ ५ हजारको हाराहारीमा प्रहरीहरु खटिन्छन् भने त्यसमा नागरिकहरुकोसमेत संलग्नता हुने हुन्छ । डेल्टा अप्रेसनले राजनीतिक आडमा हुने गुण्डागर्दी होस् या अन्य खाल्का गतिविधि त्यस्तालाई नियन्त्रण गर्ने गर्दछ । कोशीमै किन आवश्यक प¥यो डेल्टा ? कोशी अञ्चलमा पर्ने सुनसरी यस्तो संवेदनशील जिल्ला हो जहा“बाट साना हतियारहरु मात्रै हैन, लागूऔषध र अन्य अपराधिक गतिविधि हुने गरेको प्रहरीको अनुमान छ । खुल्ला सीमानाको फाइदा उठाउदै सुनसरीमा अपराधिक गतिविधि हुने गरेको छ । र, अर्को कुरा सुनसरी काठमाडौंपछिको दोस्रो लागूऔषध कारोबार हुने र प्रयोगकर्ता भएको जिल्ला हो । जहा“ ७ हजारको हाराहारीमा कारोबारी तथा प्रयोगकर्ताहरु रहेको राष्ट्रिय तथ्याङ्क विभागले २०६९ सालमा गरेको सर्वेबाट निस्किएको थियो । लागूऔषध क्षेत्रमा कार्यरत संस्थाहरुका अनुसार धरानमा मात्रै ७ सयदेखि १ हजार जना प्रयोगकर्ताहरु रहेको हुन सक्ने आ“कलन गर्छन् । तर, प्रयोग कति मात्रामा हुन्छ भन्ने यकिन बताउन सक्दैनन् । प्रहरीको लागि लागूऔषधको लागि सुनसरी त्यसमा पनि धरान नै टाउको दुखाईको विषय हुने गरेको छ । प्रहरी प्रधान कार्यालयबाट धरान सरुवा हुने प्रहरी प्रमुखहरुको उद्देश्य नै धरानको लागुऔषधलाई निमिट्यान्न पार्ने रहेको हुन्छ । तर, यसमा प्रहरीहरु सफल हुन सकेका छैनन् । महिला प्रहरीहरुले सञ्चालन गर्ने आसरा सुधार केन्द्र पनि काठमाडौंपछि धरान मै आवश्यकता ठानेर शाखा सञ्चालनको लागि हाल तिब्र गतिमा निर्माण भइरहेको छ । लागूऔषध दुब्र्यसनमा फसेकाहरुको उपचार गर्ने सोचका साथ यहाँ आसारा खुलेको हो । त्यसो त धरानमा झण्डै ८–१० वटा सुधार केन्द्रहरु नभएको भने होइन् । प्रहरीले शान्तिसुरक्षा कायम गर्ने दायित्व अन्तर्गत यो अभियान कोशीमा सञ्चालन गरिएको एसएसपी कार्की बताउँछन् । र, ठाउँ विशेष अपराधको प्रकृति पनि फरक–फरक हुन्छ । त्यही अन्तर्गत धरान र इटहरीमा लागूऔषध र गुण्डागर्दी अत्यधिक हुने भएकाले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।