धरान/धरान–१४ स्थित बालगोपाल भगवानको मन्दिर प्रतिस्थापन गरिने भएको छ । [caption id="attachment_36619" align="alignnone" width="900"] शिवशक्ति कल्याणी केन्द्रले सञ्चालन गरेको वृद्धाश्रमको लागि महायज्ञ लगाउने बारे जानकारी दिदै । तस्बिरः भोजराज श्रेष्ठ[/caption] केहीसमय विवादित बनेको बालगोपाल मन्दिरलाई ऊ“ शिवशक्ति कल्याणी केन्द्र शाखा धरानले प्रतिस्थापन गर्दै ९ दिने रामकथा नवाह पितृ उद्धार ज्ञान महायज्ञ लगाउने भएको छ । चैत्र १६ गतेदेखि सुरु हुने महायज्ञमा बालसन्त कल्याणीदास महाराजले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । केन्द्रले स्थापना गरेको वृद्धाश्रम र सत्सङ भवनलाई सहज रुपमा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ लगाउन लागिएको संयोजक पितरुमल अग्रवालले बताए । महायज्ञको उद्घाटनको अवसरमा बालगोपाल मन्दिरको महास्नान तथा प्राण प्रतिष्ठा विधि सुभारम्भ गरिने छ । महायज्ञमा दैनिक शिवशक्ति कल्याणीले प्रत्येक दिन केही समयसम्म ईश्वरीय वाणी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । दैनिक मण्डप पूजा, हवनादी, देवयज्ञ, पितृयज्ञ, नवग्रहादी हवन, शतरुद्री, सप्तशती चण्डीपाठ र रामयण पाठ दैनिक हुने प्रचार प्रसार संयोजक सुनिल अग्रवाल बन्टीले बताए । महायज्ञ २४ गते समापन हुने छ । बालगोपाल मन्दिर १९९२ सालदेखि स्थापित भए पनि मन्दिरको रुपमा हालै निर्माण सम्पन्न गरिएको हो ।