धरान/धरान–१५ पिण्डेश्वरी चोक छेउबाट करिव १० लाख मूल्य बराबरको लागूऔषधसहित एक कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_36562" align="alignnone" width="900"]
भारीमात्रामा लागुऔषध पक्राउ परेका व्यक्तिसहित लागूऔषध सार्वजनिक गर्दै प्रहरी प्रमुखहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले उक्त कारोबारीको नाम खुलाएको छैन् । गुरुङ थरका २८ वर्षीय ती युवाले सिधै भारतीय व्यापारीहरुमार्फत् लागूऔषध भित्रयाउने गरेको प्रारम्भिक बयान दिएको प्रहरी बताउछ । प्रहरीले उनी डेरा गरी बस्ने कोठाबाट २२ सय ५ एम्पुल डाइजेलाभ, एभिल र लुपिजेसिक साथमा बरामद गरेको कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी उत्तमकुमार कार्कीले बताए ।
गुरुङको स्थायी घर भने तत्कालीन धरान–२२ (हालको धरान–५) मा रहेको छ । यसको बजार मूल्य १० लाख पर्न आउने एसएसपी कार्कीले बताए । यस अघि पनि पिण्डेश्वरी चोक क्षेत्रबाटै क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरीको टोलीले ६ ग्रामजति ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको थियो । प्रहरीले लागूऔषध, गुण्डागर्दी तथा स्मगलिङ अन्त्य गर्नको लागि डेल्टा अभियान थालेको पनि एसएसपी कार्कीले बताए ।