धनकुटा/ प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना संचालन गर्नको लागी जोन कार्यान्वयन इकाईको कार्यालय सिधुवा धनकुटाले मंगलवार संचालक समिति गठन गरेको छ ।

जोन कार्यालय सिधुवा धनकुटाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत हर्षहाङ्ग राईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण गोष्ठीले जोन कार्यान्वयन इकाईसंग समन्वय सहकार्य गर्ने गरी ढुन्डीराज थापाको संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरिएको छ । संचालक समितिको उप–संयोजकमा मेखवहादुर खड्का, सचिवमा लालवहादुर महत्तरा र सह–सचिवमा सरिता थापालाई सर्वसम्वत चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा खड्गवहादुर पौडेल, लक्ष्मण खड्का, इन्द्रगुरुङ, नरमाया लिम्वु र रविना थुलुङलाई चयन गरिएको छ ।

सो अवसरमा नव–निर्वाचित पदाधिकारी एवं सदस्यहरु जोन कार्यन्वयन इकाई सिधुवाका प्रमुख वरिष्ठ कृषि अधिकृत हर्षहाङ्ग राईले वधाई दिदै प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको नीति निर्देशन अनुरुप समितिले जोन इकाई कार्यालयसंग आवश्यक समन्वय गरेर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । उनले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने लक्ष्य लिएर नेपाल सरकाले आ.व.०७३÷०७४ देखी लागु गरेको यो परियोजना देशभर ७ वटा सुपरजोनको कार्यालय र ३० वटा इकाइ जोनको कार्यालय स्थापना गरेर संचालन गर्न लागेको वताए । प्रमुख राईले धनकुटा जिल्लाको जोन पकेट क्षेत्रका छथर गाउँपालिका अन्तर्गत साविक परेवादिन गाविसमा ३७ वटा, तांखुवामा ७ वटा र महालक्ष्मी नगरपालिका अन्तर्गत मुर्तिढुङ्गा गाविसमा ३८ वटा गरी जम्मा ८२ वटा कृषक समुह, कृषि सहकारी, कृषि फर्म तथा संघ–संस्थाहरु सुचिकृत भै इच्छापत्र समेत पेश गरेको वताएका छन् ।

साथै, उनले कृषि आधुनिकिकरण परियोजना अन्तर्गत चालु आर्थिक वर्षमा जोन पकेट क्षेत्रमा कृषिका लागी आवश्याक पर्ने समाग्रीहरु खरिद गरी वितरण गर्ने पोष्ट हार्बेष्ट सेन्टरको लागी २० लाख, कृषि उपजका वस्तु उत्पादन, संकलन तथा वजार व्यावस्थापनको लागी २० लाख, साना सिचाई कार्यक्रमको लागी १० लाख, राम्रोसंग कृषि उपजका वस्तु उत्पादन गर्ने कृषिकहरुका लागी प्रोत्साहन भत्ताको लागी ५ लाख र कृषि प्राविधिक शिक्षालय स्थापना तथा संचालन सहयोगको लागी ५ लाख गरी ६० लाख वरावरको वजेट कार्यक्रम विनियोजन भएर आएको जानकारी दिएका छन् ।