धनकुटा/ जिल्ला सदरमुकाम धनकुटा वजार क्षेत्र भित्र रहेको सल्लेरी वनको नयाँ ढंगले वनको वैज्ञानिक वन व्यावस्थापन गर्ने गरी विहिवार देखी १ सय ५० वर्ष पुराना सल्लाको कटान गर्न थालिएको छ ।
जिल्ला वन कार्यालय धनकुटाका प्रमुख कृष्ण प्रसाद वस्तीले धनकुटाका रहेको ऐतिहाशिक सल्लेरी राष्ट्रिय वनको वैज्ञानिक वन व्यावस्थापन गर्ने उदेश्यले सल्लेरी वन भित्र रहेको पुराना सल्लाको पाका वोट कटान गरेर हटाउन लागिएको वताए । उनले ९० प्रतिशत सल्ला प्रजातिको ठूला ठुला रुख रहेको र १० प्रतिसत मात्र अन्य प्रजातिहरु चिलाउने, जामुन, मलातो, सिरिस लगायतको रहेको वताएका छन् । उनले अनुत्पादक ढंगले १ सय ३० वर्ष भन्दा माथि उमेर पुगेको सल्लाका रुख राखेर राज्यलाई पनि फाईदा नहुने र वन क्षेत्रवाटै कोशि लोकमार्ग गएकाले यातयातका सवारी साधन आवात जावत गर्दा समेत समश्या भएकाले पाको उमेरका सल्लाको वोट हटाउन लागीएको वताएका छन् ।
उनले सल्लेरी राष्ट्रिय वन व्यावस्थापन योजना –०७१ तयार भै कार्यान्वयनको चरणमा आउँदा यो वर्ष पहिलो लटमा ७९ वटा रुख तत्काल काटिने वताए । उनले वनको इरेगुलर सेल्टरउड सिस्टम वमोजिम बाली चक्र ४० वर्ष रहेको, पुनरुत्पादक अवधि १० वर्ष तोकिएको वताए । उनले सल्लेरी राष्ट्रिय वन व्यावस्थापन योजना १० वर्षे अवधिको रहेको पनि जानकारी गराएका छन् । प्रमुख वस्तीले ४३.७३ हेक्टर क्षेत्रफलमा फैलिएको सल्लेरी वनमा वैज्ञानिक वन व्यावस्थापनको हिसावले समग्र वन क्षेत्रको १ कम्पार्टमेण्ट र ४ वटा सवकम्पार्टमेण्टमा विभाजन गरिएको वताएका छन् ।
साथै उनले वन व्यावस्थापन तथा वन सम्वद्र्धन प्रणाली सम्वन्धि जानकारी गराउँदै पहिलो लटमा वनवाट राज्यलाई वित्तिय लाभ ६४ लाख वरावराको हुने पनि जानकारी दिएका छन् । जिल्ला वन कार्यालय धनकुटाले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीको उपस्थितिमा सर्वपक्षिय भेला वोलाएर वन व्यावस्थापन सम्वन्धि सम्पुर्ण जानकारी गराएर विहिवार देखी रुख कटान गर्न थालिएको वताएका छन् ।
जिल्ला वन कार्यालय धनकुटाका सूचना अधिकारी शिवकुमार वुढाथोकीका अनुसार विहिवार ७ वटा सल्लाका रुख कटान गरिएको वताएका छन् । उनले रुख कटान गर्नु अघि राजनितिक दलका जिल्ला स्तरका नेताहरु, सामाजिक संघसंस्था संचारकर्मीहरु र अन्य सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई सल्लेरी वन क्षेत्र भित्रै उपस्थित् गराएर रुख काट्ने कार्यक्रम विहिवार विहानवाट अघि वढाइएको वताउका छन् । उनले ७९ वटा रुख लगतार काटि सकेपछि मात्र थप अन्य योजना अघि वढ्ने वताएका छन् ।