विर्तामोड/महिला तथा बालबालिका कार्यालय झापाले भारतको जलपाइगुडीको कारक बाल गृहबाट ६ जना बालकको उद्वार गरेको छ । साना हातहरु नेपाल नामक संस्था र महिला तथा बालबालिका कार्यालय झापाको पहलमा ति बालकहरुको उद्वार गरिएको हो ।

नेपालको बिभिन्न स्थानमा घर भएका बालकहरुलाई त्यो बाल गृहले संरक्षण गरेर राखेको थियो । उद्वार गरिएका बालकहरु मध्ये केही भने आफ्नो ठेगाना समेत बताउन नसक्ने छन् ।

महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत रेखनाथ दहालको नेतृत्वमा गएको टोलीले इलाम साङरुम्बाका रोशन बिक, झापा पृथ्वीनगरका मिलन सार्की, जनकपुरका संगित अन्सारी, भद्रप्ुरका बिवेक शाह, नेपालको पहाडमा घर भएको बताउने सुदिप राई र ठेगाना थाह नभएका भुवन मगर रहेका छन् ।

उनीहरुको उद्वार गरि काँकडभिट्टामा रहेको माइती नेपालको कार्यालयमा राखिएको थियो ।उनीहरुको ठेगाना पत्ता लागेपछि परिवाराई जिम्मा लगाउने माइति नेपालका पुर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले जानकारी दिएका छन् । ठेगाना पत्ता नलागेका बालकहरुलाई बिभिन्न बालगृहमा राखिने उनले बताए ।