भद्रपुर/अपाङ्गता भएका व्यक्तिलाई व्यवसायी बनाउने उद्देश्यले झापाको भद्रपुरमा १५ दिने नेपाली कागज बनाउने तालीम शुरु भएको छ । बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको आयोजनामा तालीम शुरु भएको हो ।

नेपाल अपाङ्ग सङ्घका सभापति धनजुजु श्रेष्ठको अध्यक्षता तथा नेपाल अपाङ्ग सङ्घका केन्द्रीय अध्यक्ष मोहन महर्जनको प्रमुख आतिथ्यमा तालीम उद्घाटन भएको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत सुधा रञ्जितकार, महिला तथा बालबालिका कार्यालयका धन थापा, रेडक्रस सोसाइटीका बद्रीबहादुर कार्की, नेपाल क्षयरोग निवारण सङ्घका गोवर्धन शाक्य, गोपाल श्रेष्ठ लगायतले शुभकामना राखेका थिए । तालीममा जिल्लाभरीका अपाङ्गता भएका २८ जनाको सहभागित छ ।