भद्रपुर/ भद्रपुर जेसीजको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि पूर्व अध्यक्ष जेसी उत्तम कोइरालाको संयोजकत्वमा नौ सदस्यीय जेसीज भवन निर्माण उपभोक्ता समिति गठन भएको छ । गठित समितिमा जेसी रमेश पोखरेल, लोकनाथ भट्टराई , किरण शर्मा, विजय तिम्सिना, रमेश भण्डारी, प्रमिला राई, वर्ष १७ का अध्यक्ष प्रकाश भण्डारी सचिव र कोषाध्यक्ष श्रृजना प्रसाईं छन् । यसैगरी हरि घिमिरे संयोजक रहने गरी पाँचजनाको अनुगमन समिति र गणेश पोखरेलको संयोजकत्वमा भद्रपुर जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य समेत रहने गरी आर्थिक स्रोत सङ्कलन समिति गठन भएको छ । झापा भद्रपुर नगरपालिका–८ मा रहेको एक कट्ठा जमिन सन् १९९९ मा निर्माण भएको एक कोठे भवन जीर्ण भएपछि सोही स्थानमा पुनः भवन निर्माण गरिने वर्ष १७ का महासचिव विष्णु (विमल) काफ्लेले बताए । भद्रपुर जेसीजका पूर्व अध्यक्ष नरेश बर्माले अाफ्नाे छोरा विनेसको सम्झनामा एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेको काफ्लेले जनाए । भवन निर्माणको लागि सांसद क्षेत्र विकास कोष अन्तर्गत नेता कृष्णप्रसाद सिटौलाले १० लाख रकम विनियोजन गरिदिएका छन् । बैठक हलसहित निर्माण हुने एक तले भवनको साढे ३७ लाख लागत अनुमान गरिएको छ भने भवनलाई नेता सिटौलाले केही महिनाअघि शिलान्यास गरिसकेको भवन निर्माण समितिका सचिव प्रकाश भण्डारीले बताए ।