विजयपुर/ सोमबार दिउँसो आएको हावाहुरीले वराह नगरपालिका–४ स्थित कालाबञ्जारकी एक वृद्धाको घर भत्काएपछि उनको बिचल्ली भएको छ ।स्थानीय मुसहर बस्तीमा बस्दैआएकी सुन्धी मुसर्नीको घर हावाले उडाइदिएको हो ।

गाउँमा मागेर गुजारा चलाउँदै आएकी ६९ वर्षीया सुन्धी आप्mनो बाहेक अरुको घरमा बास बस्न नमान्ने गरेको स्थानीय बताउँछन् । वृद्धाको घर निर्माणका लागि अमाह सामुदायिक वनले काठ सहयोग गरेपनि उनको घर निर्माण हुन सकेको छैन । क्विक भोलेन्टियर नेपालले घर निर्माणका लागि पहल गर्ने भएको छ ।