धरान/हालै बीबीसी छाडेका पत्रकार रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार उठाउने तयारी गरेको छ । तर, स्वतन्त्र उम्मेद्वारलाई आर्थिक सहयोग नर्गने बताएको छ । पार्टीको रुपमा हालसम्म आयोगमा दर्ता नभएकाले स्वतन्त्र उम्मेद्वार उठाउन लागेको हो । दलगत रुपमा उठ्न नपाउने भएपछि स्वतन्त्र उम्मेद्वार उठाउने तयारी गरेको अग्रज पत्रकार मिश्रको भनाइ छ । पार्टीप्रति देखिएको जनलहरकै कारण स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा मूल्य–मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न आह्वान गर्दछ ।‘ यसलाई साझा पार्टीले आफ्नो पक्षमा जनलहर भएको नभएको बारे परीक्षण गर्नको लागि पनि यो तयारी गरेको झै बुझिएको छ ।