काठमाडौँ/ बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गरेका छन् । सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उनी आज बेलुका त्यसतर्फ प्रस्थान गरेको कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।