तरहरा/ नेपाली काग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले स्थानीय चुनावमा महिला सहभागीता उपरिहार्य रहेको वताएका छन । स्थानीय चुनावको चहलपहल हुन थालेको भन्दै महिलाहरुलाई चुनावमा होमिन उनले आग्रह गरेका हुन ।
सुनसरीको तरहरामा महिला शशत्तिकरण समुहले आयोजना गरेको ५ दिने झोला वनाउँने तालिम उद्घाटन गदै विश्वकर्माले महिलाहरु चुनावमा लाग्नुको विकल्प नभएको वताएका थिए ।
महिलाहरुको सक्रियताले मात्र चुनाव सम्भव भएको् वताउँदै उनले महिलाहरुलेमात्र चुनावी माहोल वनाउँन सक्ने उनको भनाई थियो । तरहराका नारीहरु आफै आर्थिक रुपमा सक्षम वन्न झोला वनाउँने तालिममा सहभागी भएका छन ।
ग्रामिण क्षेत्रमा वसोवास गदै आएका महिलाहरु आर्थिक रुपमा सक्षम वन्न आईतवार देखि झोला वनाउँने तालिम आयोजान गरीएको महिला शशक्तिकरण समुह तरहराकी अध्यक्ष धर्मा गिरीले वताईन ।
महिलाहरुलाई ब्यावसायीक वनाउँन महिलाहरुलाई झोला वनाउँने तालिम आयोजना गरीएको अध्यक्ष गिरीले भनाई थियो । कार्यक्रममा आमा समुहको तरहराकी अध्यक्ष विष्णु गुरुगं , महिला तथा वालवालिका संरक्षण मञ्चको तरहरा अध्यक्ष तिर्थकुमारी वन, महिला विकास तरहराको अध्यक्ष उषा खतिवडा,नेपाली काग्रेस क्षेत्रनम्वर २ का सभापति मणिराम श्रेष्ठ,इटहरी नगरविकास अध्यक्ष दिलकुमार वन, रामवहादुर ,गिरी हरीनारायण चौधरी ,नगेश चन्द्र राई लगायतले वोलको थिए । कार्यक्रममा ३ दर्जन महिलाहरुले ५ दिन सम्म झोला वनाउँने तालिम लिने छन ।