विजयपुर/धरानमा शनिबार एक युवाको आफ्नै साथीहरुले छुरी प्रहार गरि हत्या गरे ।प्रहरीको प्ररम्भिक अनुसन्धानले ‘बरफ’को पैसा तिर्ने बिषयमा सामान्य बिबाद हुँदा आफ्नै साथीहरुले घरमै गएर छुरा हानेको खुलेको छ ।
गत मङसिरमा धरान–१३ का एक युवालाई उनकै साथीहरुले ‘भाई’ भनेकै कारण छुरा हानेर हत्या गरे ।एक महिना अगाडि धरान –१५मा एक छोराले बाबुको ‘घरायसी बिषयमा बिबाद हुँदा’हत्या गरे ।
चालु आर्थिक बर्षको साउन महिना देखि फागुन सम्म धरानमा सामान्य बिबादमा सात जनाको हत्या (जघन्य अपराध) भइसकेको छ । सामान्य बिबादमा भएका हत्याका घटनाहरु निकै क्रुर देखिएका छन् ।
दुईमहिना अगाडि धरान–१५ स्थित चुम्लुङ हिम अगाडि एक युवाको घाटी रेरेटै हत्या गरिएको थियो । उक्त घटनापनि सामान्य बिबादकै कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसरी सामान्य बिषयमा भनाभन वा बिबाद हुँदा हत्या नै गर्ने सम्मको सोच युवाहरुमा बिकास हुनु दुर्भाग्य पुर्ण भएको समाजशास्त्रीहरु बताउछन् । धरान स्थित महेन्द्र बहुमुखि क्यामसका समाजशास्त्र बिषयका उपप्राध्यापक बिशाल श्रेष्ठले यस्ता घटनाहरु घट्नुमा अहिलेका वालवालीका तथा युवाहरुलाई सामाजीकीकरण गर्न नसकेका कारण घट्ने गरेको बताउछन् ।
समाजीक मुल्य,मान्यता,अनुशासन र जिम्मेवारी केहो भन्ने बोध हामीले अहिलेको पुस्तालाई गराउन सकेका छैनौं उनले भने अभिभाबकहरुले पनि यस्ता कुरामा ख्याल गर्न छाडेका छन् जसका कारण वालवालीका र युवा पुस्तामा अपराधीक मनोबृती बढ्न थालेको छ । उनका अनुसार फिल्महरुबाट प्ररित भएर पनि एक खालका समुह अपराधाीक गतिबिधिमा संम्लग्न हुने गरेको उनको बुझाई छ ।
‘खास गरि साउथ इन्डियन फिल्म र अङग्रेजी फिल्महरुमा सामान्य बिबादमा हतियार प्रयोग गरेर हत्या गर्ने गरेको पाईन्छ ,अहिलेको टिनएययर्स पुस्ताले त्यसलाई फलो गरेको देख्न सकिन्छ’ उप्राध्यापक श्रेष्ठले भने । फिल्महरुले पनि अपराधिक मनोबृतीको बिकाश गरेको उनको बुझाईछ । ‘अर्को बुझाई भनेको ‘डन’ प्रति बढ्दै गएको सम्मानलेपनि यस्ता घटना घटाउन सहयोग पु¥याएको छ,श्रेष्ठले भने ‘डन’ हरुलाई समाजसेबी र राजनैतिक दलमा जिम्मेवारी ठाउ दिएका कारणपनि यस्ता घटनाहरु घटेका छन् ।
यसरी सम्मान पाउदा सबैलाई डन बन्ने भावनाको बिकाश हुन्छ र डन बन्न अपराध हुने गरेकाले समाजका जिम्मेवार पक्षले बेलैमा ध्यान पु¥याउनु पर्ने उनको भनाई छ ।
अपराध अनुसन्धानका बिज्ञ मानिएका नेपाल प्रहरीका पुर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीका अनुसार समाज र परिवारमा अनुसशासन भत्कन थालेका कारण यस्ता घटनाहरु हुने गरेको बताउछन् ।
‘अहिले परिवार भित्रपनि हत्याका घटनाहरु बढेका छन् सामाजीक रुपमा पनि यस्ता घटना घटिरहेका छन्’ ठकुरीले भने ‘यस्ता घटनाहरुले हाम्रो परिवार र समाजको अनुसशान भत्किन थालेका देखाउछ । ‘अर्को कारण भनेको अहिले हरेक ब्यक्तिमा नकारात्मक सोचको बिकाश हुनु पनि हो ’ बिभिन्न क्षेत्रको उदाहरण दिदै उनले भने‘ मान्छे जहाँ पनि निरास भएको देखिन्छ,उसमा नकारात्मक भावना जागेको देखिन्छ,यस्तै कारणले समाजमा अपराध बढि रहेको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राडा निदेश सापकोटा परिवार र समाजमा नै सकारात्मक सोच र पारिवारीक तथा समाजीक संस्कारको बिकाश हुनुपर्ने जरुरी रहेको बताउछन् । समाजशास्त्री बिशाल श्रेष्ठले प्रहरीको ‘पुलिसीङ’कमजोर हुँदा पनि यस्ता घटना घट्ने गरेको औल्याए । प्रहरीले पनि अपराध गर्नु हुन्न भन्ने सोच आउने गरि कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ छ