रानी, जालो र निसाफ फिल्ममा एकसाथ समय दिइरहनु भएको छ, यी फिल्महरुमा तपाईको भूमिका के छ ? – रानी र निसाफमा पुलिसको भूमिकामा देख्न सक्नुहुन्छ । जालोमा अन्य फिल्महरुमाभन्दा फरक छ । यस फिल्ममा राणा भूपेन्द्रप्रताप सिंहको भूमिकामा मलाई पाउनु हुन्छ ।

नेगेटिभ रोलबाट चर्चा बटुल्नुभएको छ, मुख्य भूमिकामै हिरो बनेर फिल्ममा आउने चाहना छैन ? – कलाकारलाई काम प्यारो हुन्छ । मलाई चर्चामा ल्याउने र चिनाएको नै मैले गरेको काम र फिल्मबाट हो । मलाई सुहाउने रोल भएर नै निर्देशक र निर्माताले दिनुभएको होला । यो वा त्यो रोल भन्दिनँ । कथा मन पर्यो भने जुनै फिल्म खेल्न पनि तयार छु ।

ब्रेकअपपछि रानी फिल्ममा मलिना जोसीसँग पर्दामा सँगै आउँदै हुनुहुन्छु अप्ठ्यारो भएन ? – करियरको लागि नै अलग भएका हौं । म वहाँलाई सम्मान गर्छु सँगै कामलाई पनि । त्यसैले त्यस्तो अप्ठ्यारो भन्ने केही छैन ।

तपाईहरुको प्रशंसकको एउटै प्रश्न ब्रेकअप किन ?’ धेरै आउँछ सामाजिक सञ्जालमा ? – समझदारीमा नै अलग भएका हौं । करियरलाई फोकस गर्ने भनेर अलग भएको भन्दा पनि हुन्छ । भोलिको दिनमा सँगै हुन पनि सक्छौं, नहुन पनि सक्छौं । पछि के हुन्छ, त्यो पछि नै थाहा हुन्छ ।

फेसनमा अग्रपंक्तिमा पर्नुहुन्छ, सपिङ काहाँ–कहाँबाट गर्नुहुन्छ ? – म देशमाभन्दा विदेशबाट नै गरिराख्या हुन्छु । कहिले आफैे ल्याउँछु, नभए कोही आउँदा वा अनलाइन सपिङबाट मगाउँछु । कमै मात्रमा यहाँ किन्ने गरेको छु । नेपालमा बाहिरको तुलनामा महँगो पर्छ । एउटा जुत्ता ३–४ हजारमा लण्डनतिर आउँछ भने त्यही जुत्ता यहाँ डबल रेटमा किन्नु पर्ने हुन्छ । त्यसैले गर्दा पनि मौका मिलेसम्म विदेशमा नै सपिङ गर्न मन लाग्छ ।

विहे कहिले गर्नुहुन्छ ? – विहेको प्रस्ताव राम्रो राम्रो घरबाट उल्टै आउँछ । तर अहिले विहेको बारेमा सोचेको छैन । अबको ४–५ वर्षभित्र पक्कै गर्छु ।

कस्तो केटी खोजिरहनुभएको छ ? – माया भनेको दुईवटा ज्यानको एउटा आत्मा हो । जसले विश्वास गर्छ, सुख–दुःखमा साथ दिने, परिवारलाई बुझ्ने अनि आफूलाई बुझ्ने । रेस्पेक्ट लिने दिने दुवैखालको तर एउटा कुरा केटी मान्छेलाई बुझ्न धेरै गाह्रो हुने रहेछ । हा..हा...हा...हा....

फ्राइडे नाइट कतिको मनाउनु हुन्छ ? – पहिले मनाउँथेँ । अहिले एकदमै कम जान्छु । काममा व्यस्त भएर पनि हो । आजकाल भीडभन्दा एकान्त नै बढी मन पर्छ ।

धरानको सबैभन्दा बढी के मन पर्छ ? – छुर्पी, सँगुरको मासु । पहिले–पहिले धरान सफा र राम्रो लाग्थ्यो । यसपटक अलिक प्रदूषित भएको हो कि जस्तो लाग्यो ।

अन्य नयाँ योजना केही छन् ? – फिल्म मेकिङ कोर्ष गर्न र फिटनेस इन्स्टक्टर सर्टिफाइका लागि ट्रेनिङ लिन बाहिर जाने योजानामा छु ।