धरान/धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै कार दुर्घटनामा मृत्यु हुने धरान–१२ का विष्णुकुमार लिम्बू भाेली ‌(सोमबार) हङकङ जानको लागि टिकट लिएका थिए । धरानका सुन व्यवसायी राजेन्द्र ल्वागुनले हाकेको गाडी चारकोशे जंगलबीचमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्य भएका लिम्बू र ल्वागुन नै हङकङको लागि तयारीमा रहेको आफन्तहरुले बताएका छन् । उनीहरु चढेको बा १५ च २०६१ नम्बरको कार शनिबार अपरान्ह करिव ३ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएसँगै उनको हङकङ जाने सपना अधुरै भएको छ । लिम्बूको ६ महिनाको छोरो याङबोहाङ लिम्बू फागुन २५ गते मात्रै भात खिलाई गरिएको थियो । विष्णु लामो सयमदेखि हङकङ आउदै जादै गरेका थिए । भोली (सोमबार) को लागि टिकट काटिसकेका थिए । राजेन्द्र र विष्णु एकदमै मिल्ने साथी हुन् । राजेन्द्र पनि उनीसँगै हङकङ जाने तयारीमा रहेको उनको बुबा कृष्णलाल ल्वागुनले बताए । पिता कृष्णलालका अनुसार माइखोलामा पूजा गरेर फर्किएका थिए । दुबै जना हङकङ जाने भएकाले पूजा सकेर तयारी गरेका थिए । दुर्घटना भएको करिव १८ घण्टा बितिसक्दासमेत घाइेतेहरुको राम्ररी होस खुलेको छैन् । राजेन्द्रसमेत अचेत अवस्थामा छन् । त्यस्तै उनको श्रीमती शुशिलाको खुट्टा भाच्चिएकाले वार्डमा सारिएको छ । मृतक विष्णुको श्रीमती दिलकुमारीलाई आकस्मिक कक्षमै उपचार भइरहेको छ । उनलाई हाल रगत चढाइरहेको छ ।