भद्रपुर/नेपाल पत्रकार महासंघ झापा शाखामा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ ।
[caption id="attachment_35445" align="alignnone" width="1024"]
तस्बिरः उत्तम नेपाल [/caption]
ट्राभल्स संघ झापा,मंगल सेवा समिति भद्रपुर र कालिका सामुदायिक वन तथा सिमसार पर्यटन क्षेत्र मेचीनगरले संयुक्त रुपमा सिमसार क्षेत्रमा शनिवार आयोजना गरेको कार्यक्रममा स्वागत तथा सम्मान गरेको हो ।
सञ्चार क्षेत्रमा रहेर पत्रकारले निर्वाह गरेको र समाज रुपान्तरणमा गहिरो भुमिका रहेकोलाई मध्यनजर गरी महासंघलाई सम्मान पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा पर्यटनको भविश्य बोकेको झापाको कालिका सिमसार ओझेलमा परेकोले प्रचार प्रसारको मुख्य भुमिका पत्रकार भएकोले यसको महत्वको वारेमा सार्वजानिक भएमा अर्थतन्त्रमा सहयोग पुग्ने आशा गरेको संघका सल्लाहाकार नेत्र कार्कीले बताएका छन् ।
त्यसैगरी पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटाले सिमसारको चहलपहल बढाउनको लागी छिमेकी भारतका पर्यटकलाई अवलोकनमा व्यवस्था मिलाउने सम्मका कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरेका थिए ।
संघका अध्यक्ष शंकर भट्टराईको सभापतित्व तथा झापाका अग्रज पत्रकार नकुल काजीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिमसारका सहसचिव गोपाल तिम्सीनाले स्वागत गरेका थिए । अध्यक्ष भट्टराईले बुद्ध एयरले ट्राभल्स संघलाई दबाएर राखेको बताए । प्रशासनले समेत पर्यटन व्यवसायीलाई भेदभाब गरेको प्रति गुनासो गरेका थिए ।
कार्यक्रममा मंगल सेवा समितिका उपाध्यक्ष गोपाल खनाल,कालिका सिमसारका लेखा समिति सदस्य शान्तिराम चिमरिया,क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष ललित तामाङ् लगायतले बोलेका थिए ।