-
Home
-
पूर्व
-
अपडेटः छुरा प्रहारको आशङ्कामा पाँच समातिए
अपडेटः छुरा प्रहारको आशङ्कामा पाँच समातिए
धरान/छुरा प्रहारको आशङ्कामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान ११ बजेतिर धरान–१५ गणतन्त्र बस्तीका २६ वर्षीय भक्त राईलाई छुरी प्रहार गरेको आशङ्कामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
‘हत्याको आशंकामा पाँचजनालाई नियन्त्रणमा लिएका छौं ।’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले भने । प्रहरीले छुरा प्रहारको आरोपमा तत्कालै शुक्रराज राईलाई नियन्त्रणमा लिएको थियो ।
उनको बाया हातको बुढी औलामा काटेको कारण उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । थप अर्कोको पनि उपचार भइरहेको छ । तर, प्रहरीले नाम सार्वजनिक गरेको छैन् ।
प्रहरीका अनुसार हत्यामा हुक्के तामाङ, राजन विक, राजु राई र बिक्रम परियारको समूह संलग्न रहेका थिए । तर, हाल पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन् । ‘अनुसन्धान भइरहेको छ । पुष्टी भएपछि नाम सार्वजनिक हुने छ ।’ प्रनी पराजुलीले भने ।
सामान्य बरफ खाने क्रममा पैसा दिने/नदिने विषयलाई लिएर शुक्रराजको समूहले घरमै पुगेर भक्तलाई पेट र छातीको मुन्तिरको भागका छुरा प्रहार गरेको थियो । धरानमा यसवर्ष सामान्य विषयलाई लिएर झण्डै ८ वटा घटना भइसकेका छन् ।