फेरि दुर्घटनाः सेउती पुल मुनी कार दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते(तस्विरसहित)
फेरि दुर्घटनाः सेउती पुल मुनी कार दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते(तस्विरसहित)
चैत ५, २०७३
ब्लाष्ट खबर
धरान/कोशी लोकमार्ग अन्तर्गत सेउती पुल भन्दा केही मुन्तिर कार दुर्घटना भएको छ ।
धरान–१५ का सुन व्यापारी राजेन्द्र ल्वागुनको बा १५ च २०६१ नम्बरको कार अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । मृत्यु हुनेमा धरान–१२ का विष्णु लिम्बू छन् ।
घाइते हुनेमा राजेन्द्रसहित पत्निी शुशिला ल्वागुन लिम्बू, छोरा निरोज ल्वागुन, मृतककी श्रीमती दिलकुमारी लिम्बू र ५ महिनाको छोरा याङबोहाङ लिम्बू रहेका छन् । राजेन्द्र बोल्न नसक्ने अवस्थामा छन् भने अन्य सामान्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।
विष्णुको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको हो । अन्यको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राजेन्द्रले धरान–१५ बुढासुब्बा चोकमा ताप्लेजुङ सान्थाक्रा सुनचादी पसल सञ्चालन गरेर बस्दै आएका छन् । उनको घर पनि धरान–१५ मै रहेको छ ।
प्रहरीका अनुसार कार अनियन्त्रित भएर रुखमा ठोक्किएको थियो । दुर्घटना भर्खरै भएको हो ।