धरान/सेछ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ । [caption id="attachment_35332" align="alignleft" width="1024"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] शनिबार सेछ ट्राभलिङको पाँचौं वार्षिकोत्सवको अवसर पारेर आङ्लालाई ८ हजार रुपैया राशीको पुरस्कार प्रदान गरिएको छ । उत्तरपूर्वी भारतका ग्रामिण पर्यटन अभियन्ता राज बसुले आङ्लालाई सम्मान पत्र, दोसल्ला र नेपाली टोपी पहिर्याएर पुरस्कार वितरण गरे । ग्रामिण पर्यटन अभियन्ता बसुले पर्यटन विश्वको ठूलो उद्योगको रुपमा रहेको बताउँदै यो हजारौं वर्ष अघिबाट सुरु भएको बताए । उनले डिग्री प्राप्त गरेर मात्रै शिक्षा हासिल गर्न नसकिने त्यसका लागि यात्रामा निस्कनु पर्ने बताए । यसैबीच पर्यटनसँग आवद्ध रहेका होटल व्यवसायी, पर्यटन व्यवसायी र विभिन्न संघ संस्थाहरुलाई पर्यटक अभियन्ता बसुले प्रवचन दिएका थिए । उनले पूर्वी नेपालको सम्भावित पर्यटन क्षेत्रको बारेमा जानकारी गराएको सेछकी प्रबन्ध निर्देशक एलिना मगरले बताइन् ।