झापा/ पूर्वी सिमावर्ती बजारका होटेलमा हुने यौनधन्दाका लक्षित ग्राहक भारतीय नागरिकहरू बन्दै गएका छन् ।
केही समययता प्रहरीद्वारा यौनधन्दामा संलग्न रहेको भनी पक्राउ पर्नेहरुबाट यसको पुष्टि हुँदै गएको छ ।
पछिल्लो समय नेपाली होटेल लजमा सांस्कृतिक विचलनको आरोप लगाउँदै प्रहरीले समात्ने गरेका मानिसहरुमध्ये भारतबाट आउने प्रशस्त भेटिन थालेका छन् ।
हालै मात्र झापाको मुख्य बजार बिर्तामोडका विभिन्न होटेल लजहरुबाट पक्राउ परेकाहरु मध्ये दुईजना भारतीय छन् ।
विभिन्न होटलहरुबाट पक्राउ परेका १७ जनामध्ये भारतीय नागरिकहरू दुईजना रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई अमर्यादित क्रियाकलापमा संलग्न रहेको भनी केही सार्वजनिक अपराध मुद्दामा म्याद थप लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सो क्षेत्रबाट पटक पटक नेपाली युवतीहरुसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा ठुलो सङ्ख्यामा भारतीयहरु फेला पर्दै आएका छन्।
यसले होटेलमा नेपाली युवती भारतीयहरूको यौनशोषणमा परेको प्रमाणित गरेको छैन । भारतीयहरुलाई गुपचुपमा सुरक्षित तवरले आपराधिक धन्दा गर्न प्रोत्साहित गरिरहेको घट्नाका रूपमा लिन सकिन्छ ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनरामनीका प्रहरी निरिक्षक प्रकाश जवेगु अचेल यता (नेपाली) लजमा नेपाली केटीहरुलाई प्रभावित पारेर भारतीयहरुले यौनशोषण गरिरहेको प्रशस्त भेट्न थालिएको बताउँछन् ।
उनले नेपाली युवतीहरु यस किसिमले भारतीयको यौनशोषणमा पर्नु दुखद भएको स्वीकारे । यौन शोषण जसले गरेपनि त्यो कानुन विपरीत हुन्छ ।
तर यताका केटीहरूले सेटिङमा भारतीयलाई संरक्षण गरिदिँदा मानववेचविखन मुद्धा लगायतका थप कडा किसिमको कारबाही हुने गरिको मुद्धा चलाउन नसकिएको उनको भनाई छ ।
खुल्ला सीमाका कारण भारतीयहरु विभिन्न पेसा, व्यापार, व्यवसाय, मजदुरी , आफन्त भेटघाट र विभिन्न बहानामा सजिलै नेपाली बजारमा आईपुग्ने गरेका छन् ।
भारतीयहरुले यौनधन्दा सञ्चालन गर्ने होटेल र त्यस्तो अनैतिक क्रियाकलापमा संलग्न युवती दुवै पक्षलाई अरू सामान्य नेपालीले बुझाउने रकम भन्दा दोब्बर, तेब्बर रकम तिर्ने भएकाले उनीहरू होटेल साहुदेखि त्यस्ता युवतीहरुसम्मको मन जित्न सफल हुने गरेका समाचार स्रोतहरुले जनाएका छन् ।
(काराेबारबाट)