धरान/ मोरङको कटहरी –१ स्थित आदर्श टोलमा सासु बुहारीको बिभत्स हत्या भएको छ । हत्या किन र कस्ले गरेको हो भन्ने बिषयमा मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।
मोरङ प्रहरीका अनुसार आदर्श टोलकी ४५ बर्षिया दिपा डाँगा र उनकी बुहारी २२ बर्षिया अस्मिता डाँगाको आफ्नै घर भित्र हत्या भएको हो । घरमुली इन्द्रचन्द्र डाँगा बजारबाट साँझ ५ बजे घर पुग्दा श्रीमती र बुहारीको शब क्षतबिक्षत अबस्थामा देखेका थिए ।लगत्तै उनले स्थानिय र प्रहरीलाई खबर गरेका थिए ।
आदर्श टोलमा अहिले स्थानियको ठुलो भिड लागको छ । हत्यारालाई पक्राउ गर्न स्थानियले माग गर्दै नाराबाजी समेत गरेको सुचना प्राप्त भएको छ । प्रहरीले त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ भने हत्याराको खोजीकार्य सुरु गरेको बताएको छ ।