तेह्रथुम/शुक्रबार तेह्रथुमको छथर गाउँपालिकास्थित फाक्चामाराबाट भरुवा बन्दुकसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जंगलमा सिकार गर्न जादै गरेको अवस्थामा फाक्चामारा–३ का ३६ वर्षीय दिलकुमार लिम्बू र ३७ वर्षीय होमबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । समातिएका दुवैलाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई सुरेन्द्र ढुंगेलले बताए ।