धरान/उत्तर पूर्वी भारतका पर्यटन अभियन्ता सुप्रतिम (राज) बसु क्रस कन्ट्री पर्यटन ग्रामिण पर्यटन बारे प्रवचन दिन धरान आउदै छन् ।

उनी शनिबार धरान आउदै छन् । उनले धरानमा अन्तरदेशीय ग्रामीण पर्यटन बारे बताउने छन् । उक्त अवसरमा बसुले सेछ ट्राभलिङले हरेक वर्ष प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कारसमेत वितरण गर्ने छन् ।
क्रस कन्ट्री (भारत, भुटान, म्यानमार र नेपाल) मा रहेका होमस्टेहरुको प्रवर्धन र विकासमा कार्यरत बसुले आफ्नो अनुभवस“गै यहा“ सञ्चालित ग्रामिण पर्यटनको विकास र सम्बन्ध विस्तार बारे बताउने छन् ।
उनी इण्डो भुटान फ्रेण्डसीप एशोशिएसन (आइबिएफए) का महासचिव, हेल्प टुरिजमका संस्थापक, र सिक्किम सरकारका पर्यटन सल्लाहकार हुन् । अरुणाचल प्रदेश, म्यानमार, भुटानका सरकारी गैर सरकारी संस्थाहरुका पर्यटन सल्लाहकारका रुपमा रहेका उनीसँग करिब चार हजार होमस्टेको नेटवर्क छ ।
पर्यटन गान्धीका रुपमा परिचित उनी शनिबार धरान वरपर रहेका होमस्टेका प्रतिनिधीसग छलफल गर्ने कार्यक्रम रहेको सेछका सञ्चालक बासु बरालले बताए । छलफलका क्रममा नाम्जे, डा“डाबजार, जेफाले, खोर्सानेखाप, प्रकाशपुरलगायत होमस्टे प्रतिनिधिहरुको उपस्थिति रहने उनले बताए ।