धरान/काठमाडौं कोटेश्वरका मेनपावर व्यवसायीलाई अपहरण गरी फिरौती लिने दुई बहालवाला प्रहरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखामै कार्यरत सई सम्बत तामाङ र गौशाला प्रहरीका सई सूर्य लामासहित चारलाई पक्राउ गरेको हो । सई तामाङद्वय हाल बहालवाला प्रहरीहरु हुन् । सई सम्वत, राजकुमार गुरुङ र अर्पणकुमार लामालाई बुधबार नै पक्राउ गरिएको हो भने सूर्यलाई बिहीबार पक्राउ गरिएको हो ।
सूर्यलाई पक्राउ गरी ल्याउने क्रम जारी रहेको महाशाखाका एसपी प्रकाशजङ्ग कार्कीले बताए । उनका अनुसार उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानको दायरामा ल्याइएको हो । बुधबार पक्राउ परेकाहरुको म्याद थप गरी अनुसन्धान थालिएको उनले फोनमा बताए ।
म्यानपावर व्यवसायी बद्री राईलाई माघ १ गते अपहरण गर्दै कागज गरेर २५–२५ लाखका चारवटा चेक लिएका थिए । तर, उक्त चेक साटिनसकेको महाशाखाका एसपी कार्कीले जानकारी गराए ।
अनुसन्धानमा प्रहरीको समेत संलग्नता देखिएपछि उनीहरुलाई शरीर बन्धक मुद्दा चलाइएको महाशाखाले जनाएको छ । प्रारम्भिक रुमपा बहालमै रहेका प्रहरीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।