नेपाल प्रहरी महानिरीक्षक (आईपीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हने भएको छ ।
सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि अधिवक्ता कपिलदेव ढकाल र अर्का डिआइजी नवराज सिलवाले सो नियुक्ती त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
त्यसपछि अदालतले चन्दको नियुक्तीलाई कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
न्यायधीश द्वय इश्वरी प्रसाद खतिवडा र तेजबहादुर कसीको बेन्चमा प्रहरी प्रमुखको मुद्दा परेको छ ।