मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, यो एप्स डाउनलोड गरेपछि फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सकिने एप्स निर्माता कम्पनी आइटेक नेपालले जानकारी दिएको छ । यो एप्सका माध्यमबाट मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्ने कम्पनीको दाबी छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो भएको कार्यकारी निर्देशक जीवन न्यौपानेले बताए । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाईंको दैनिक जनजीवनमा महŒवपूर्ण सावित भएका छन् । गूगल प्लेस्टोरमा गएर यो एप्स डाउनलोड गर्न सकिने कम्पनीले जानकारी दिएको छ । विश्व बजारमा एप्सको प्रतिस्पर्धा भइरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्स सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर एप्सलाई नेपाल कलर नाममा गूगल प्लेस्टोरमा राखिएको हो । अहिले यो एप्लिकेशन एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्ने आशा गरिएको कम्पनीको कार्यकारी निर्देशक न्यौपानेले बताए ।