संगीत क्षेत्रमा कसरी आउनुभयो ? सानैदेखि गीत गाउँथेँ । सत्र वर्षको थिएँ, नेपाल स्टारको अडिसन २०६३ सालमा विराटनगरबाट दिए झण्डै ५ हजारको संख्यामा रहेको            प्रतिस्पर्धीलाई उछिनेर मैले नेपाल स्टार हातमा पारेँ, त्यहीँबाट मेरो सांगीतिक यात्रा सुरु भयो ।

      संगीत र फिल्मीक्षेत्रमा रहन गाह्रो सजिलो के छ ? मलाई सांगीतिक र फिल्मी क्षेत्र दुवैमा खासै गाह्रो भएन । एकपछि अर्को गर्दै मेरो प्रतिभा हेरेर नै अफरहरु आए । सबै अग्रज संगीतकार,       गीतकारहरुको आँखामा सजिलै बस्न सकेँ । मैले कहिले कसैलाई हारगुहार गर्नु परेन ।

      नयाँ फिल्म कहिले आउदै छ ? चाँडै नै बजारमा आउँदै छ । सायद जेठ महिनामा रिलिज हुन्छ । पछिल्लो समयमा प्रेम सुब्बाको एक्सन फिल्म तारेभीरमा अभिनय              गरेको छु । यो फिल्मको लागि मैले एकवर्ष मार्सल आर्ट पनि गरेँ, फिल्ममा अभिनय गर्न त्यति सजिलो छैन । धेरे मेहनत गर्नुपर्छ ।

     तपाईको नयाँ गीत बजारमा कहिले आउँछ ? तारेभीर फिल्मलाई समय दिनुपर्ने र म्युजिकल टुरमा पनि भएकोले गर्दा मैले संगीतलाई दुईवर्ष समय दिन सकिनँ । अब चाहिँ चाँडै नै           बजारमा सिङ्गल ट्रयाक ल्याउँदै छु ।

    तपाईंलाई फिल्म र संगीत क्षेत्रमा कुन प्यारो ? म्युजिकबाटै हिट हुन चाहन्छु । किनभने गला कहिले पनि बूढो हुँदैन । मान्छेको रुप र सौन्दर्य क्षणिक हुने भएकोले पनि मलाई म्युजिक     नै प्यारो लाछ ।

     आफैले गाएको गीतमध्ये कुन गीत बढी मन पर्छ ? मेरा गीतहरुमा सबैभन्दा मर्ने पर्ने गीत भनेको नेपाली फिल्म ऋतुको चर्चित गीत माया लाग्दैन अब.. हो ।

    बिग ब्यानरको चलचित्रमा काम गर्न मन छ कि छैन ? खासै छैन, किनभने आफैले फिल्मको बारेमा त्यति नसोचेर होला । जे पाएको छु, त्यसैमा सन्तुष्ट छु ।

    भर्खरै विवाहबन्धनमा बाँधिनु भएको छ, फरक महसुस त पक्कै भएको होला ? करिब एकदशकको चिनजान हो । राम्रो मित्रतापछिको विवाह र परिवारसँग पनि विवाहपहिले नै चिनजान भएकोले विवाहपछि फरक           महसुस खासै भएकोे छैन ।

     म्युजिक एरेञ्जर निर्मल मगरसँग कसरी भेट भयो ? राम्रो गाउने गायक, गायिकाको मात्र काम गर्ने एरेञ्जर, गाह्रो छ काम गर्न यो एरेञ्जरसँग भन्ने सुनेकी थिएँ, मलाई पनि मेरो काम राम्रो      गराउनु थियो । म्युजिककै सिलसिलामा भेट भएको हो ।

    एरेञ्जरसँग लभ कसरी पर्यो ? एउटै प्रोजेक्टमा प्रायः हाम्रो काम हुन्थ्यो, सँगै काम गर्दै जाँदा घनिष्टता बढ्यो । फेरि देख्ने जति सबैले जोडी सुहाउने भन्नेखालका                कुराहरु गरेर वहाँलाई जिस्काउने गर्दा रहेछन् । मलाई पनि मनमा सबैले भन्दा हो कि क्या हो भन्ने भयो । यसरी नै लभ परेको पनि थाहै      नभई विवाह पनि गरियो हा..हा...हा ..... ।

     हनिमुनको प्लानिङ के छ ? मलाई मन पर्ने देश भुटान जान मन छ । समय मिलेमा भुटान नै गइन्छ होला ।

    के बिना बस्न सक्नुहुन्न ? मोबाइल र इन्टरनेट बिना म एकछिन पनि बस्न सक्दिन ।