२०६५ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सुनसरीका सबै क्याम्पसमा निर्वाचन भएन । धरानका त कुनैपनि क्याम्पसमा नभएको स्ववियु चुनाव इटहरीको जनता क्याम्पसमा भने भएको थियो । चुनाव भएपनि मगणनाका क्रममा विवाद भएपछि जनता क्याम्पसमा स्ववियुको स्थापना भने हुन सकेको थिएन । यो पटकको स्ववियु निर्वाचनले चुनेको नेतृत्व भने स्थापित भइसकेको छ । अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष समेत रहेका बिष बर्षिय रुपचन्द्र अधिकारीले आफ्ना प्रमुख प्रतिद्धन्दी हेमसागर तिम्सीनालाइ हराँउदै चुनाव जितेका हुन । अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य रहेका र आफु भन्दा आठ बर्ष जेठा प्रतिपस्र्धि तिम्सीनालाइ आठ भोटको अन्तरले हराएका अधिकारी क्याम्पसमा कुनै पनि आर्थिक तथा नैनित विवाधमा नआएका विद्यार्थी नेताको रुपमा समेत परिचित छन । कलेज राजनितीसँगै आफ्नो अलग्गै जागीर समेत गर्दै आएका अधिकारीसँग जनता क्याम्पसको स्ववियुका अबका मुद्धा र मिसनका बारेमा विराट अनुपमले गरेकाे कुराकानीका अंशः

तपार्इ स्ववियु अध्यक्ष हुनु भएको छ र अब तपाँइले गर्ने मुल कार्यहरु के के हुन् ? सर्वप्रथम त स्ववियुलाइ राजनितीको अखडा मात्रै गर्ने थलोको रुपबाट यसलाइ विद्यार्थीका साझा मुद्धाहरुको पैरवी गर्दै विद्यार्थीका साझा जायक हकअधिकारको पक्षमा काम गर्ने हो ।

तपार्इ आफै अनेरास्ववियु जस्तो राजनैतिक संगठनबाट निर्वाचित हुनुभएको हो तर स्ववियुलार्इ राजनितीक अखडा बन्न दिन्न भन्दैहुनुहुन्छ । त्यो कसरी सम्भव छ ? विद्यार्थी राजनितीमा कुनै संगठनमा लाग्नु आफैमा गलत काम हैन । सबैका एजेन्डा र उदेस्यहरु भनेको विद्यार्थीको हकहिकका पक्षमा काम गर्ने नै हो । फरक यत्ति हो कोहि आफुलाइ भोट दिने वा आफ्ना कार्यकर्ताको पक्षमा मात्रै काम गर्छन भने कोहि सबै विद्यार्थीलाइ समान आँखाले हेर्नेमा पर्छन । म सबैलाइ समान आँखाले हेर्ने पक्षको हुँ । मसँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्नेहरुले त्यो महँशुस गरेका पनि छन । पहिले अखिल अध्यक्ष हुँदा त विद्यार्थीको पक्षमा काम गरे । अब त सिंगो क्याम्पसको साझा नेतृत्वदायिस संस्था स्वयियुको अध्यक्ष समेत भएको छु । अब मेरो विद्यार्थी पक्षिय कामको दायरा र सक्रियता झनै फराकिलो हुनेछ । व्याक्तिको भन्दा विधिको र संगठनको भन्दा सबैको हितमा काम गर्नु मैले लिएको संभव लक्ष्य हो ।

तपाँइले तत्कालै उठाँउने मुल मुद्धाहरु के के हुन् ? जनता क्याम्पस इटहरी जस्तो पुर्वको केन्द्रमा रहेको उपमहानगरपालीका क्षेत्रमा रहेको एक मात्रै सार्वजनिक क्याम्पस हो । त्यसैले पनि यहाँको स्ववियु उदाहरणिय हुनुपर्छ । हाम्रो कलेजमा गाडीको असुविधा, हेल्मेट टिचरको बिगबिगी, सरसफाइ विकराल अवस्था र क्याम्पस हाताको चमेनागृहका यावत समस्याहरु छन ।गैर विद्यार्थीलाई पनि विद्यार्थी परिचयपत्र दिने विकृतीको समेत अन्त्य गर्नेछु । यस बाहेक पुस्तकालयमा राजनितिक संगठनका टाउको बाहेकका औषत विद्यार्थीले पुस्तक चाहदा नपाँउने रोग छ त्यसको पनि समाधान तर्फ हामी लाग्ने छौँ । क्याम्पसमा कहिलेकाँहि अनावस्यक बढाँइने फिसको बारेमा खबरदारी गर्ने छु । खेलकुद शिर्शकमा विद्यार्थीबाट मोटो रकम लिने तर पुर्वाधार र सुविधाहरु नदिने परिपाटिको विरोध गर्ने छौँ । स्ववियु बाट विद्यार्थीका प्रतिभा प्रस्फुटन गराँउने विभिन्न स्थानिय, जिल्ला स्थरिय र प्रदेश स्थरिय गतिविधिहरु तथा प्रतियोगिताहरु गर्ने छौँ । अझ महत्वपुर्ण कुरा भनेको बर्षौ सम्म स्ववियु कोषमा हरेक विद्यर्थीको भर्नाबाट उठाइएको र विभिन्न श्रोतबाट स्ववियुको नाममा आएको लाखौँ रुपैयाँको लेखाजोखा समेत खोज्ने छु ।

यस्ता जटिल मुद्धाहरु सफल पार्ने तपाँइका आधारहरु के छन् ? धेरै छन् । म सँगै लामो समय विद्यार्थीको हितमा काम गरेका विभिन्न संगठनका साथीहरु समेत स्ववियुमा प्रत्यक्ष निर्वाचित भएर आउनु भएको छ । नेविसंघ बाट उठेर सचिव हुने विनोद कोइराला, संघिय विद्यार्थी फोरमका ध्रुब राई लगायत अन्य सबै निर्वाचितहरु शुद्ध विद्यार्थी मात्रै हैन विद्यार्थीको पक्षमा काम गरेका नेताहरु हुनुहुन्छ । त्यसैले मैले उठाएका मुद्धाहरु असंम्भव हुने कुरै हुन्न । सम्भव कुराहरु र विद्यार्थीका जायज मागहरु पनि राजनितीक प्रतिसोधले गलहत्याइयो भने चै म पुनः आम विद्यार्थीमाझ गएर आफ्ना सारा कुरा राखेर माग पुरा गराएरै छाड्ने छु ।