नगरकोट नगरपालिका ११ मुहानपोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।
करिब २२ बर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरिएको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
युवतीको शव हात खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्थानीयले एक महिनाअघि नै कसैले त्यहाँ ल्याएर शव गाडेको हुन सक्ने बताएका छन् ।