काठमाडौं / सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर अपरिचित समूहले हत्या गरेको छ ।

सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो ।

आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराह प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

यसैबिच वैदेशिक रोजगार व्यवसायी संघले राजनीतिक प्रतिसोधको कारण हत्या भएको भन्दै घटनाको निन्दा गरेको छ ।

संघका महासचिव रोहन गुरुङले विज्ञप्ती जारी गदै दोसी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।