काठमाडौं / बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले केही बेरमै जीवनकै चुनौतीपूर्ण निर्णय लिनेु बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनले अबको १ घण्टामा जीवनकै सबैभन्दा चुनौतीपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दैछुु भनेर उल्लेख गरेका छन्।

हेल्प नेपाल नामक परोपकारी संस्था पनि चलाउँदै आएका उनले केही समययता राजनीतिमा आउने चासो राख्द आएका छन्। बाबुराम भट्टराईसँग नयाँ शक्ति खोल्ने चर्चा भए पनि उनी नयाँ शक्तिमा गएनन्।

बिबिसीबाट राजीनामा दिएर विभिन्न क्षेत्रका विज्ञ व्यक्तिसहित राजनीतिक पार्टीको घोषणा गर्न लागिएको स्रोत बताउँछ। पहिलोपोस्टसँग कुरा गर्दै मिश्रले भने केही बेरमै निर्णय आउने भन्दै विज्ञप्ति पर्खनु आग्रह गरे।

साथीहरुबाट फोन आएको आयै छ,उनले भने, विज्ञप्तिमार्फत नै म सबै धारणा सार्वजनिक गर्नेछु।

 विज्ञप्तिको पुर्ण पाठ ( (www.rabindramishra.com) फेसबुक र ट्विटरबाट पनि उपलब्ध हुनेछ।