विजयपुर/माओबादी केन्द्रका जिल्ला सदस्य सहित ५० जना सोमबार नेकपा (एमाले)मा प्रबेश गरेका छन् । माओबादी केन्द्रका नेता फडिन्द्र श्रेष्ठ सहितको टोलि एमालेमा प्रबेश गरेका हुन ।

माओबादी केन्द्रका धरान नगर सदस्य हर्कराज चाम्लिङ, गौरीशंकर तिम्सीना,अञ्जना मोक्तान,रोहितकुमार राई एमालेमा प्रबेश गरेका छन् । माओबादीको जनबर्गिय संगठन नेवाःराष्टिूय मुक्ति मोर्चाका नगर सदस्य बसन्त श्रेष्ठ,केन्द्रका १४ नम्मर वडा सदस्य जसबहादुर मोक्तान,मगर राष्टिूय मुक्ति मोर्चाका जिल्ला सदस्य पुष्प आले,किरात राष्टिूय मुक्ति मोर्चा धरानका उपाध्यक्ष कुमार राई,केन्द्र सर्मर्थित बुद्धिजीबि परिषदका नगर सदस्य बिश्वराज खनाल, कुमार अधिकारी एमालेमा प्रबेश गरेका हुन् ।

त्यसैगरि माओबादी केन्द्रको कर्मचारी फाँटका डि खत्रि र एनके श्रेष्ठपनि एमालेमा प्रबेश गरेका छन् ।त्यसैगरि नेपाली काङग्रेश परित्याग गरि रुपेश बास्तोला,दिपकला राईपनि एमालेमा प्रबेश गरेका छन् ।त्यसैगरि फोरम लोकतान्त्रीकका नगर अध्यक्ष मानबहादुर राई(बर्मा)पनि एमालेमा प्रबेश गरेका छन् । सोही कार्यक्रममा पुर्व कोशी प्रान्तिय कमिटीका सदस्य सभ्भु प्रसाद खनालपनि एमालेमा प्रबेश गरेका छन् ।

एमाले धरानका प्रचार बिभाग प्रमुख शेरबहादुर परियारले बिभिन्न पार्टि परित्याग गरि ५० जना एमालेमा प्रबेश गरेको बताए । उनीहरुलाई एमालेका महासचिब इश्वर पोख्रेल,सचिब भिम आचार्य सहित जिल्ला,क्षेत्र तथा नगर कमिटीका नेताहरुले अबिर र खदा लगाएर स्वागत गरेका थिए ।

माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा धरान इन्चार्ज अइन्द्रबिक्रम बेघाले एमालेमा प्रबेश गर्ने केहि ब्यक्तिहरु माओबादी केन्द्रमा आबद्ध भएको स्वीकार गरेका छन् । केहि साथीहरु माओबादी केन्द्रको भनि भ्रम छरेको पाइएको छ उनले भने फडिन्द्र श्रेष्ठलाई माओबादी केन्दूले कारबाही गरेको छ ।

नेपाली काङग्रेशका नगर सचिब श्याम पोख्रेलले नेपाली काङग्रेश परित्याग गरेको भनिएका ब्यक्तिहरु नेपाली काङग्रेशकै हो भन्ने आफुहरुलाई जानकारी नभएको बताए । जिम्मेवारी पुरा नगरेको भन्दै निस्कासित यता ने.क.पा.(माओवाद केन्द्र) धरान १४ नं. वडा कमिटीले सदस्य फणिन्द्र श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरेको छ ।श्रेष्ठलाई वडामा विगत लामो समय देखि दिएको विभिन्न जिम्मेवारी हाल सम्म कुनै पनि पुरा नगरेको र उल्टै आफै पार्टी हित विपरित कार्य गरे भन्दै वडा पार्टी कमिटीले कार्बाही गरेको वडा कमिटी संयोजक सुरेन्द्र गौतम द्धारा जारी विज्ञप्ती जनाईएको छ ।