विजयपुर/नेकपा (एमाले)का महासचिब इश्वर पोख्रेलले तराई मधेशका देशभक्त नेपालीलाई बिस्थापित गर्ने गरि माओबादी केन्द्र,नेपाली काङग्रेश र मधेशबादी दलले संबिधान संसोधन प्रस्ताब ल्याएको बताएका छन् ।
संसदमा दर्ता भएको संसदन प्रस्ताबमा नागरिकता,सिमाङकन,प्रतिनिधित्व र भाषा सम्बन्धि ब्यबस्था संसोधन गरेर राष्ट्र र राष्ट्रियता बिरोधी ब्यबस्था ल्याउन खोजेको बताएका छन् ।
संबिधिान संसोधन मार्फत भारतको इच्छा पुरा गराउने खेलमा सरकार र मधेशबादी दलहरु लागेको भन्दै उनले एमालेले कुनैपनि हालतमा उक्त संसोधन प्रस्ताब पारित हुन नदिने बताएका छन् । उनले सोमबार धरानमा आयोजीत उपमहानगर स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेले हार्दा देश र जनताको हार हुने भन्दै एमाले त्यस कुरामा सजग रहेको बताए ।
राष्ट्रियता र राष्ट्रिय अखण्डता बचाउने पार्टि नेकपा एमाले मात्र भएको बताउदै उनले सरकारमा रहदाको मोर्चा बदलिएपनि उदेश्य नबदलिएको बताए ।संबिधान संसोधन आबश्यक्ता,अनुभब र औचित्यको आधारमा पुष्टि भएपछि मात्र गर्नु पर्ने भन्दै उनले कुनै ब्यक्ति वा संगठनको हितका लागी गर्ने कुनैपनि कार्य एमालेलाई स्वीकार्य नहुने बताए ।
संबिधान संसोधन मार्फत हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजीएको भन्दै उनले राष्ट्रियताको बिपक्षमा कुनै नेपाली सहमत हुन नसक्ने बताए । नेकपा एमालेले फागुन २२ गते देखि गर्न लागेको मेचि महाकाली अभियानले संबिधान कार्यान्वयनका लािग दबाब सिर्जना गर्ने र एमालेको पक्षमा तयार भएको जनलहर देखिने भन्दै उनले अब हुने सबै निर्बाचनमा एमालेले सम्मानजनक बहुमत ल्याउने बताए ।
कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सचिब तथा प्रदेश नम्मर एकका इन्चार्ज भिम आचार्यले एमालेमा जनताको लहर देखेर अन्य पार्टिहरुलाई टाउको दुखाई भईरहेको बताएका छन् ।
अहिले हरेक क्षेत्रमा एमालेमा देखिएको जनलहर एमालेको राष्ट्रियताको मुद्धा,बिकाश र संबृद्धिको मुद्धालाई बिश्वास गरेर देखिएको जनाउदै उनले त्यो बिश्वासलाई कायम राख्दै ब्याबहारमा देखाउनु पर्ने आबश्यक्ता औल्याए ।
कार्यक्रममा एमाले सुनसरीका अध्यक्ष द्धारीकलाल चौधरी,क्षेत्रिय अध्यक्ष इन्द्रबहादुर राई लगायतले बोलेका थिए । नगर अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उपाध्यक्ष नारयण सुबेदीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन नगर सचिब राजमणी निरौलाले गरेका थिए ।