ताप्लेजुङ/ स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुन लागेको ताप्लेजुङको एक मात्र पाथीभरा बहुमुखी क्याम्पसमा दुई बेग्ला बेग्लै गठबन्धनको प्यानलैले मनोनयन पत्र दर्ता गर्दा अध्यक्षका लागि भने तीन जनाको उमेद्धारी परेको छ ।

फागुन १८ गते हुने स्वबियु निर्वाचनमा ३ सत्तारुढ दल निकट सहितका ४ बिद्यार्थी संगठन र बिपक्षी दल निकटका ५ संगठनले प्यानलै बनाएर उमेद्धारी दर्ता गरेका छन् ।

सत्तारुढ दल निकटले काँग्रेसको बिद्यार्थी संगठन नेबिसंघको नेतृत्वमा र बिपक्षी निकटका एमालेको बिद्यार्थी संगठन अनेरास्वबियुको नेतृत्वमा उमेद्धारी दिएका छन् । स्ववियु निर्वाचनका लागि गठित निर्वाचन समिति संयोजक डिल्लीरमण बरालका अनुसार अध्यक्षका लागि तीन र वाँकी पदका लागि प्रत्येक पदमा दुई–दुई जनाको उमेद्धारी परेको छ ।

उनका अनुसार अध्यक्षमा प्रेककुमार राई,डम्बर ओख्राबु र यामकुमार लिम्बुको उमेद्धारी परेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पाटी निकट राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन सहित संघिय बिद्यार्थी युनियनको संयुक्त गठबन्धन टोलीको नेतृत्व गर्दै उमेद्धारी दिएका राई नेबिसंघका नेता हुन् ।

अध्यक्षका अर्का प्रत्यासी अनेरास्वबियुका नेता ओख्राबु नेत्रबिक्रम चन्द निकट अनेरास्वबियु क्रान्तिकारी, नयाँशक्ति निकट नयाँ शक्ति बिद्यार्थी युनियन, संघिय समाजवादी फोरम नेपाल निकट समाजवादी बिद्यार्थी फोरम र संघिय लिम्बुवान पाटी निकट संघिय बिद्यार्थी युनियन गरी ५ संगठनको को साझा उमेद्धार रहेको घोषणा गरिएको छ ।

यि बिद्यार्थी संगठनले शनिवार आयोजित कार्यक्रम मार्फत आफ्नो गठबन्धन टोलीबाट उमेद्धार बनेकाहरुको घोषणा समेत गरेका थिए । उता अध्यक्षमा उमेद्धारी दर्ता गरेका याम राष्ट्रिय जनमुक्ति पाटी निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी मोर्चाका नेता हुन् । यो मोर्चाबाट उनले अध्यक्षमा मात्र उमेद्धारी दिएका छन् ।

राईको समुहबाट अखिल क्रान्तिकारीका जापान मादेन सचिव र राप्रविसंका अनिल पालुंवा कोषाध्यक्षका उमेद्धार रहेका छन् । यो समुहबाट नेबिसंघका सबिना तुम्बाहाम्फे, अखिल क्रान्तिकारीका रबिन पालुंवा र होमकुमारी दियाली, संघिय बिद्यार्थी युनियनका बिनिता अङछङवो र मनु मावो सहित राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका जलन लिम्बले उमेद्धारी दर्ता गरेका छन् ।

ओख्राबुको समुहबाट अनेरास्वबियुका बसन पन्दाकले सचिवमा र किरण दाहालले कोषाध्यक्षमा उमेद्धारी दर्ता गरेका छन् । उनलाई नयाँ शक्ति निकट बिद्यार्थी संगठनका दावी गरिएको छ ।

यो गठबन्धनबाट नयाँ शक्ति बिद्यार्थी युनियनका यसोदा पतंवा लिम्बू,बिप्लव निकट अनेरास्वबियु क्रान्तिकारीका बिष्णु आङवोहाङ र पदम श्रेष्ठ,समाजवादी बिद्यार्थी फोरमका सुर्य गुरुङ र सन्तोष साँवा लिम्बु तथा अनेरास्वबियुका मिङमा शेर्पाले सदस्यको उमेद्धारी दर्ता गरेका छन् ।

उपाध्यक्ष र सह सचिव सहितका ६ जनाको चयन भने समानुपातिक तवरले गरिने प्रावधान रहेको छ । क्याम्पसमा अहिले स्वबियुका लागि ४ सय २१ मततादा रहेको क्याम्पसका लेखा तथा प्रशासन अधिकृत मातृकाप्रसाद नेपालले जानकारी दिए ।