[caption id="attachment_30682" align="alignnone" width="876"] File Photo[/caption]

काकँरभिट्टा /  झापाको एक सामुदायिक विद्यालयका विद्यार्थीमा मास हिस्टेरिया देखिएको छ । लखनपुर–३ स्थित वाणी माध्यमिक विद्यालयका छात्राहरुमा मास हिस्टेरिया देखिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीका अनुसार केही दिनदेखि विद्यालयका छात्राहरु मुर्छा हुने, बर्वराउने गर्न थालेका छन् । ‘कतिपय विद्यार्थीहरुमा विद्यालयमा भूतप्रेत छ भनेर मानसिक रुपमा चिच्याउने,कराउने गर्ने जस्ता लक्षण देखिन थालेपछि विद्यालयको नियमित पठनपाठनमा नै समस्या आएको छ,’ उनले भने । विद्यार्थीको यस्तो लक्षणका कारण झन् त्रास बढ्दै गएको विद्यालयले जनाएको छ । कक्षा ९ र १० का ६ जना छात्राहरुमा एकाएक त्यस्तो लक्षण देखिएसँगै विद्यार्थीलाई अभिभावक बोलाएर घर पठाउन थालिएको उनले बताए । छात्रा विद्यार्थीहरुमा देखिएको यस्तो अनौठो गतिविधिले अन्य विद्यार्थीहरुसमेत त्रसित भएका छन् । उक्त विद्यालयका छात्राहरुमा देखिएको अनौठो खाले रोग भने ’मास हिस्टेरिया’ नै भएको स्थानीय स्वास्थ्यकर्मी तुलसी तिवारीले बताए । उनले मानसिक रुपमा कमजोर हुदाँ एक प्रकारको बाहिर देखिने लक्षण भएकाले त्यसबाट जोगिन मानसिक वृद्धि विकास आवश्यक रहेको बताए ।